निर्वाचनमा ५ सय रुपैयाँ मात्र खर्च

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 25, 2017 | 08:18:11 AM मा प्रकाशित

laxmi  sunrise bank

वैशाख ३१ मा सम्पन्न स्थानीय तह निर्वाचनका उम्मेदवारमध्ये १ प्रतिशतले पनि खर्च विवरण बुझाएका छैनन् । निर्वाचनमा भएको खर्चको विवरण बुझाउने म्याद सकिँदा पनि ०.९० प्रतिशत उम्मेदवारले मात्रै विवरण पेस गरेको पाइएको छ । 

उम्मेदवारले निर्वाचनको परिणाम घोषणा भएको महिना दिनभित्र खर्च विवरण निर्वाचन कार्यालयमा बुझाउनुपर्ने हुन्छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सिन्धुपाल्चोकका सबै तहको निर्वाचन परिणामको घोषणा जेठ ७ गते नै सार्वजनिक गरेको थियो ।

जिल्लामा रहेका तीन नगर र नौ गाउँपालिकामा ५ सय ३९ पदका लागि स्वतन्त्रसहित २ हजार २ सय १० उम्मेदवार थिए । जिल्ला निर्वाचन कार्यालयका अनुसार तीमध्ये २० उम्मेदवारले मात्रै खर्च विवरण पेस गरेका हुन् । “केही उम्मेदवारले फारम लगेका छन्”, सूचना अधिकारी बच्चुसिंह खड्काले भने, “उहाँहरू सायद चाँडं खर्च विवरण बुझाउन आउनुहुन्छ ।”

उम्मेदवारले ५ सयदेखि ३ लाख ३५ हजार रुपैयाँसम्मको खर्च विवरण पेस गरेका छन् । खर्च विवरणअनुसार चौतारा साँगाचोकगढी नगरपालिका–५ की वडा सदस्य उम्मेदवार मंगली विकले निर्वाचनमा जम्मा ५ सय मात्रै खर्चिएकी हुन् ।

१ हजारप्रति प्रचार सामग्री बनाएबापत ५ सय खर्च गरेको उनले उल्लेख गरेकी छन् । त्यस्तै, वडा नम्बर ५ का सदस्य उम्मेदवार रामचन्द्र चुवानले जम्मा १ हजार रुपैयाँ खर्चेको विवरण बुझाएका छन् ।

मेयर पदका उम्मेदवार कृष्णबहादुर ठकुृरीले ५ हजार रुपैयाँ खर्च गरेको विवरणमा उल्लेख छ । विवरण बुझाएकामध्ये लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार कमल नेपालले ५ लाख ३५ हजार खर्चिएको विवरण निर्वाचन कार्यालयमा पेस गरेको सूचना अधिकारी खड्काले जानकारी दिए ।

खर्च विवरणअनुसार वडाध्यक्ष पदका उम्मेदवारले १ लाख ८४ हजार रुपैयाँसम्म खर्चेका छन् । चौतारा साँगाचोकगढी नगरपालिका–७ का उम्मेदवार उमाप्रसाद दुलालले उक्त रकम खर्च भएको विवरण बुझाएका हुन् । सदस्य पदमा अधिकतम ८२ हजार रुपैयाँसम्म खर्चिएको विवरण प्राप्त भएको कार्यालयले जनाएको छ ।

खर्च विवरण बुझाउनेमा जित हासिल गरेका दुई जना मात्रै छन् । सरदमुकाम रहेको स्थानमा विजयी भएकाहरूले पनि अझै विवरण पेस गरेका छैनन् ।

“बरु दोलखाको सिमानामा पर्ने स्थानका उम्मेदवारले टाढाबाट आएर भए पनि खर्च विवरण पेस गरेका छन्”, उनले भने, “नजिककाले अझै बुझाएका छैनन् ।” निर्वाचन सकिएपछि चासो नभएकाले पनि खर्च विवरण नबुझाउने र ढिला गरेको हुन सक्ने उनको अनुमान छ । कारोबार दैनिकमा खबर छ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved