२३ वटा मन्त्रालयको जिम्मेवारी लिएका प्रधानमन्त्री चुनावी सभामा व्यस्त, सिंहदरबारको काम कारबाही अस्तव्यस्त

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 26, 2017 | 07:51:30 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री शेरबहादुर देउवाले १९ दिन बितिसक्दासमेत मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । जसका कारण २३ मन्त्रालय मन्त्रीविहीन छन् । २३ वटा मन्त्रालयको जिम्मेवारी लिएका प्रधानमन्त्री आफैँ एक साताका लागि काठमाडौंबाहिर छन् ।

१९ दिनदेखि मन्त्रीविहीन मन्त्रालयमा प्रशासनिकबाहेक जनताका कुनै पनि काम हुन सकेका छैनन् । संघीयता कार्यान्वयनका महŒवपूर्ण जिम्मेवारी रहेका मन्त्रालयमा समेत मन्त्री नरहँदा गम्भीर समस्या परिरहेको प्रशासकहरूले बताएका छन् ।

मन्त्रालयमा विभिन्न काम लिएर आउने सेवाग्राहीलाई मन्त्रालयका कर्मचारीले मन्त्री हुनुहुन्न, मन्त्री बहाली भएपछि आउनुहोस् भन्दै फिर्ता गर्न थालेपछि सिंहदरबार सुनसान छ । मन्त्री नभएका मन्त्रालयका अधिकांश सचिव सहसचिवलगायतका कर्मचारी हाजिर गरेर बाहिरिने गरेका छन् । स्वास्थ्य, ऊर्जा, आपूर्ति, उद्योग, कृषि विकास, भूमिसुधार तथा व्यवस्था, सहकारी तथा गरिबी निवारण, सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, खानेपानी तथा सरसफाइ, महिला, बालबालिका तथा समाजकल्याण, वन तथा भूसंरक्षण, पशुपक्षी विकास जनताको प्रत्यक्ष सरोकारस“ग सम्बन्धित र दिनानुदिन काम पर्ने मन्त्रालय हुन् । मन्त्री नहुँदा मन्त्रालयको प्रशासनिक नेतृत्वले विशेष खालका योजना र कार्यक्रम अघि बढाउन सकिरहेका छैनन् । नयाँ पत्रिका दैनिकमा खबर छ  । 

यि हुन् मन्त्री नभएका मन्त्रालय

१. आपूर्ति
२. उद्योग
३. ऊर्जा
४. कृषि विकास
५. खानेपानी तथा सरसफाइ
६. जनसंख्या तथा वातावरण 
७. पशुपक्षी विकास 
८. भूमिसुधार तथा व्यवस्था
९. भौतिक पूर्वाधार तथा यातायात
१०. महिला तथा बालबालिका
११. युवा तथा खेलकुद
१२. रक्षा
१३. वन तथा भूसंरक्षण
१४. वाणिज्य
१५. विज्ञान तथा प्रविधि
१६. शान्ति तथा पुनर्निर्माण
१७. पर्यटन तथा नागरिक उड्डयन
१८. सहकारी तथा गरिबी निवारण
१९. सामान्य प्रशासन
२०. सिँचाइ
२१. सूचना तथा सञ्चार
२२. कानुन, न्याय, संसदीय मामिला
२३. स्वास्थ्य

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved