बाबुरामलाई झड्का: देवेन्द्र पौडेलको नेतृत्वमा नयाँ शक्तिका नेता कार्यकर्ता माओवादीमा फर्कने तयारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 26, 2017 | 08:04:33 AM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ शक्ति पार्टीले अपेक्षित आकार लिन नसकेपछि पार्टीको एउटा समूह विकल्पको खोजीमा लागेको छ । विशेष गरेर माओवादीबाट आएका नेता तथा कार्यकर्ताहरु नयाँ शक्ति पार्टी अब नबन्नेमा ढुक्क छन् ।

स्रोतका अनुसार, यस्तो निष्कर्षमा पुगेका पूर्वमाओवादीहरुको नेतृत्व नेता देवेन्द्र पौडेलले गर्दै आइरहेका छन् । पौडेलले यस्तै निष्कर्षमा पुगेका नेताहरुसँग माओवादी केन्द्रमा जाने विषयमा नै छलफल गरिसकेका छन् ।

पहिलो चरणको निर्वाचअघि नै माओवादी केन्द्रमा प्रवेश गर्ने गरी पौडेलले छलफल अघि बढाए पनि प्राविधिक कारणले रोकिएको थियो । स्रोतका अनुसार, पहिलो चरणमा आएको परिणामले पौडेलको समूह माओवादीमा प्रवेश गर्न हतारिएको छ ।

‘चुनावअघि नै नयाँ शक्ति छाडेर माओवादीमा जानेबारे पौडेलले छलफल गरेका थिए,’ स्रोतले भन्यो, ‘निर्वाचनलगायतका कारण माओवादीमा जाने तयारी रोकिएपनि असार १४ को निर्वाचनपछि पुरानै घरमा फर्कने तयारी छ ।’

स्रोतका अनुसार, माओवादीबाट आएको एउटा समूहले छिटोभन्दा छिटो माओवादीमा जान पौडेल समूहलाई दबाब दिइरहेको छ ।साँघु साप्ताहिकमा खबर छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved