३ सय प्रतिशत बढ्ने भयो वायु सेवा निगमका पाइलटको तलबभत्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 26, 2017 | 08:16:47 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमका पाइलटको तलबभत्ता ३ सय प्रतिशतसम्म वृद्धि हुने भएको छ । निजी क्षेत्रका एयरलाइन्सहरूले आकर्षक तलब भत्ता दिन थालेसँगै निगममाथि पाइलटको सुविधा बढाउन दबाब थियो ।

निजी क्षेत्रका एयरलाइन्ससँग प्रतिस्पर्धा गर्न नसकेपछि निगमबाट पाइलटहरू बाहिरिने क्रम बढेको थियो । निगमले लामो समयदेखि पाइलटको तलब बढाउने प्रक्रिया अगाडि बढा पनि अर्थ मन्त्रालयले स्वीकृति नदिँदा कार्यान्वयनमा आउन सकेको थिएन । 

अर्थले गत बिहीबार पाइलटको तलबभत्ता बढाउन सहमति दिएसँगै अब निगमका जहाज उडाउने क्याप्टेनहरूको तलब ६ लाख ८ हजार रुपैयाँ पुग्नेछ । “अर्थ मन्त्रालयले सहमति दिएपछि पाइलटहरूको करबाहेक बैंक खातामा ४ लाख ५० हजार रुपैयाँ जानेछ,” संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका हवाई महाशाखा प्रमुख बुद्धिसागर लामिछानेले भने ।

निजी क्षेत्रका वायुसेवा कम्पनीहरूले आकर्षक तलब सुविधा दिएपछि निगममा पाइलट टिकाउन हम्मे परेको लामिछानेले बताए । अब तलबभत्ता बढेसँगै निगमलाई केही सहज हुने मन्त्रालयको बुझाइ छ ।

स्वीकृत भएको प्रस्तावअनुसार वरिष्ट पाइलटको ६ लाख ८ हजार रुपैयाँ छ  भने जुनियर पाइलटको पनि करसहित ४ देखि ५ लाख रुपैयाँसम्म हुने छ । यसैगरी क्याबिन क्रुको पनि भत्ता बढ्ने भएको छ । 

निगमका पाइलटहरूले भत्ता तथा तलब गरी मासिक करिब १ लाखदेखि २ लाख ५० हजार रुपैयाँसम्म बुझ्दै आएका थिए । तर निजी क्षेत्रका एयरलाइन्स कम्पनीहरूले ५ लाखसम्म दिने गरेका छन । यता निगमले विदेशी पाइलटको लागि भने मासिक ११ हजार डलर तिर्दै आएको छ ।

 अर्थमन्त्रालयले पछिल्लो समय भने  निर्वाचन आयोगसंग सहमती ल्याउनु पर्ने भन्दै पर्यटन मन्त्रालयमा उक्त प्रस्ताव फिर्ता गरेको थियो । सरकारले स्थानीय निर्वाचन घोषणा गरेलगत्तै निर्वाचन आयोग आचारसंहिता लागेको पाइलटको तलबभत्ता बढाउन मिल्ने वा नमिल्ने भन्ने विषयमा सहमतिमा ल्याउन अर्थले पर्यटन मन्त्रालयलाई पत्र काटेको थियो । निर्वाचन अयोगले पाइलटको तलबभत्ता बढाउन आचारसंहिताले नछेक्ने जवाफ दिएसँगै अर्थमन्त्रालयले सहमति दिएको हो । 

निगमले पाइलटको तलब तथा सुविधा नवढाएमा जनशक्ति अभाव हुने भन्दै तालुक निकाय पर्यटन मन्त्रालय गुहारेको थियो । फागुनको पहिलो साता पर्यटनले स्वीकृतिको लागि अर्थ मन्त्रालय पठाएको थियो । विगतमा पठाएको प्रस्तावमा केही बाझिएको भन्दै अर्थले पर्यटन मन्त्रालय फर्काइदिएको थियो । अर्थले उठाएका विषयमा सम्बोधन गरेर पुनः प्रस्ताव अर्थमै पठाईएको थियो । 

निगमले जहाज थप गर्न लागेकोले दक्ष जनशक्ती भिœयाउन पनि सुविधा बढाउनुको विकल्प नभएको निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकार बताउँछन् ।   पाइलटले मासिक ५० देखि ६० घन्टा भन्दा बढी उडाउन नपाइने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ो मापदन्ड छ ।

निगमले नियमित उडानका लागि पाइलट पूर्ती गर्नुपर्ने बाध्य भएकोले यतिवेला निगम भत्ता बढाएरै भए पनि थप पाइलट लिने पक्षमा रहेको छ ।    
तीन महिनाअगाडि काठमाडौं ल्याइएका दुईथान चिनियाँ जहाज उडान गर्न निगमसंग तीनजना मात्र पाइलट छन् । यता अन्तर्राष्ट्रिय उडान भरिरहेका तीन थान जहाजमा पनि पाइलट अभावकै समस्या  छ । 

निगमले प्रत्येक महिनाजसो पाइलटको लागि आवेदन माग्ने गरेको छ ।  “जबजब निगमले पाइलटको लागि पदपूर्तिको लागि माग हुन्छ, तबतब निजी क्षेत्रका वायुसेवा सञ्चालकहरूले पाइलट र इन्जिनियरहरूको तलब सुविधा बढाउने गरेका छन्,” कंसाकारले भने  ।

निगम दुई थान वाइड बडी जहाज खरिदका लागि अन्तिम चरणमा प्रवेश गरेको छ । अहिले निगमसँग ७४ जना पाइलटहरू रहेका छन । वाइड बडी आएपश्चात निगमलाई १०४ जना आवश्यकता पर्ने देखिन्छ ।  कारोबार दैनिकमा खबर छ 
 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved