माओवादीबाट मन्त्री बन्नेको लिस्ट तयार (नामसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 27, 2017 | 09:01:34 AM मा प्रकाशित

laxmi  sunrise bank

केही दिनदेखि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नीजि निवास लाजिम्पाटमा जारी औपचारिकअनौपचारिक छलफलले पार्टीको तर्फबाट क–कसलाई मन्त्री बनाउने र कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने विषयमा टुंगो लगाएको छ ।


मोरङबाट निर्वाचित सांसद शिवकुमार मण्डललाई १ नम्बर प्रदेशको प्रतिनित्वि गराउँदै आपूर्तिमन्त्री बनाउने भएको छ ।
त्यसैगरी रामेछापका सांसद श्यामकुमार श्रेष्ठलाई सामान्य प्रशासनमन्त्री बनाउनेगरी छलफल अघि बढेको पनि स्रोतले बतायो । यसैगरी महेन्द्रबहादुर शाहीलाई ऊर्जामन्त्री बनाउने लाजिम्पाटको तयारी छ । यससँगै तनहुकी आशा कोइरालालाई पनि मन्त्री बनाउने सहमति भएको छ । तर, उनलाई कुन मन्त्रालय दिने भन्ने विषयमा कुनै सहमति भएको छैन ।

 

यता नारायणकाजी श्रेष्ठको समूहलाई स्वास्थ्यमन्त्रालय दिने तयारी थालेको छ । तर, श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाउनुपर्ने अडान राखेका छन् । श्रेष्ठले कसलाई मन्त्री बनाउलान् भन्ने विषयमा कुनै सहमति भएको छैन । तर श्रेष्ठले गिरिराजमणी पोखरेललाई पठाउनेगरी तयारी गरेको बुझिएको छ । जनप्रहार साप्ताहिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved