८ महिना देखि संसदमै थन्कियो लोकसेवा आयोगको विधेयक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 29, 2017 | 09:05:22 AM मा प्रकाशित

laxmi  sunrise bank

लोकसेवा आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी नयाँ विधेयक व्यवस्थापिका संसद्मै थन्किन पुगेको छ । आठ महिनाअघि नै ‘लोकसेवा आयोग विधेयक २०७३’ संसद्मा दर्ता भए पनि विधेयक पारित गराउन कुनै भूमिका नखेलेको भन्दै लोकसेवा आयोग सरकारसँग असन्तुष्ट बनेको छ । 

आयोगले संविधानले आफूलाई दिएको अधिकार प्रयोग गर्दै नयाँ ऐन बनाउन विधेयक तयार पारेको थियो । लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले संविधानले दिएको अधिकारअनुसार नै आयोगले नयाँ विधेयक तयार पारी सरकारसमक्ष पठाए पनि विधेयक पारितमा ढिलाइ भएको बताए । हाल ‘लोकसेवा आयोग ऐन २०६६’ अनुसार आयोगले काम गर्दै आइरहेको छ । पुरानो ऐनले नयाँ संविधानले आयोगलाई थपिदिएको जिम्मेवारी पूरा गर्न नसक्ने भएकाले आयोगले नयाँ विधेयक बनाएर सरकारलाई बुझाएको हो ।

प्रदेश लोकसेवा गठन नहुँदासम्म आयोगले नै काम गर्ने 
लोकसेवा आयोगद्वारा प्रस्ताव गरिएको विधेयकमा प्रदेश लोकसेवा आयोग गठन भई कार्य प्रारम्भ नगरेसम्म उसको काम, कर्तव्य र अधिकार केन्द्रीय लोकसेवा आयोगले प्रयोग र पालना गर्ने उल्लेख गरिएको छ । यसैगरी, प्रदेश लोकसेवा आयोगले कार्य प्रारम्भ गरेपछि आयोगले प्रदेश लोकसेवा आयोगस“ग सम्बन्धित आवश्यक अभिलेख तथा कागजात सम्बन्धित प्रदेश लोकसेवा आयोगमा पठाउनुपर्ने व्यवस्था विधेयकमा व्यवस्था गरिएको छ ।

के छ लोकसेवा आयोगद्वारा प्रस्तावित विधेयकमा ? 
आयोगद्वारा प्रस्तावित नयाँ विधेयकमा संघीय निजामती सेवा, अन्य संघीय सरकारी सेवा तथा संगठित संस्थाको सेवाको पदमा उपयुक्त उम्मेदवार छनोटमा स्वच्छता, निष्पक्षता र योग्यता प्रणालीलाई प्रवद्र्धन गरी सार्वजनिक प्रशासनलाई सक्षम, सुदृढ, सेवामुखी बनाउने तथा लोकसेवा आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी कानुनलाई समयानुकूल संशोधन र एकीकरण गर्ने उल्लेख छ ।आजको नयाँ पत्रिकामा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved