जसले ८ घण्टा लाइन बसेर पनि भोट हाल्न पाएनन्

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 29, 2017 | 09:13:19 AM मा प्रकाशित

laxmi  sunrise bank

बझाङको जयपृथ्वी नगरपालिका–२ को पाण्डु मावि मतदान केन्द्रमा एकजना अशक्तको मत वारिसले हालिदिएपछि कांग्रेस र एमाले कार्यकर्ताबीच बिहानै झडप भयो। त्यसपछि पाँच सय भन्दा बढी मतदातालाई लाइनमै राखेर राजनीतिक सहमतिको प्रयास भयो ।

तर, आठ घन्टा चर्को घाममा लाइनमा लागेका मतदातालाई बेलुका साढे पाँच बजे मात्रै भनियो, ‘आज मतदान हुँदैन । घर जानुहोस् ।’

त्यसअघि दिनभर मतदाता बुधबार नै मतदान भइहाल्छ कि भनेर लाइनमै थिए। उभिएर थाकेका उनीहरु विद्यालयको धुलाम्मे खेल मैदानमा बसेका थिए । केही आमाहरु छाताको ओत दिएर बच्चालाई दूध दुसाइरहेका थिए। 


झडपमा कांग्रेसका वडाध्यक्षका उम्मेदवार प्रेमहादुर खडका, राजेन्द्रबहादुर विष्ट र एमाले कार्यकर्ता सुरेन्द्र खडका घाइते छन् । केहीबेरको भागदौड हुँदा मतदानस्थल खाली भए पनि पछि कर्मचारीले मतदान पुनः सुचारु हुने भन्दै सबैलाई लाइनमा बस्न अनुरोध गरेका थिए । समाचार नयाँ पत्रिकामा  छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved