दादागिरी शैलीमा दलालहरुले गरे सेयर कारोबार अवरुद्ध , नियामक निरिह, कारबाही गर्ने नेप्सेको भनाई

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 30, 2017 | 08:26:54 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले धितोपत्र दलाल कम्पनीलाई मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता अनिवार्य गरेपछि दलाल व्यवसायीहरूले बिहीबार सेयर कारोबार नै हुन दिएनन् । उनीहरूले दादागिरीकै शैलीमा सेयर कारोबार अवरुद्ध गर्दा पनि नियामक निकायहरू भने मौन रहेका छन् ।

सर्वसाधारणको खर्बौं लगानी रहेको सेयर बजारमा व्यवसायीले  कारोबार अवरुद्ध गर्दा नियामक निकायले रमिता हेरिरहनुलाई सरोकारवालाहरूले दुर्भाग्यपूर्ण भनेका छन् । नियामक निकायसँय गैरकानुनी काम गर्ने दलाल व्यवसायीको लाइसेन्स रद्द गर्नसक्ने अधिकार रहे पनि उनीहरू निरीह बनेको देखिएको छ ।  

सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल बिनाजानकारी सेयर कारोबार अवरुद्ध गर्नु दलाल कम्पनीकोे दादागिरीको उपज नै भएको बताउँछन् । धितोपत्र बोर्डले सेयर कारोबार नै गरेको विषयलाई दिएर दलाल कम्पनीको लाइसेन्स नै खारेज गर्न सक्ने अधिकार रहेको उल्लेख गर्दै अर्यालले भने, “यो बजार कसैको पेवा होइन, वाणिज्य बैंकहरूलाई लाइसेन्स दिएको भए यो समस्या आउने नै थिएन ।”

ब्रोकरको एकाधिकार तोड्नुपर्ने बेला आइसकेको अर्यालले बताए । आफूहरूले नेप्सेमा सम्पर्क गर्दा उसले दलाल कम्पनीलाई कारबाहीसहित आइतबारदेखि कारोबार खुलाउने आश्वासन दिएको उनले जानकारी दिए । धितोपत्र बोर्डले पनि यसमा प्रभावकारी कदम चाल्नुपर्ने उनको तर्क छ ।

लगानीकर्ताको हित संरक्षण गर्ने नियामक निकाय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज बिहीबार धितोपत्र दलाल कम्पनीले सेयर कारोबार अवरुद्ध गर्दा पनि मौन रहेका हुन् ।

दलाल कम्पनीले उठाउँदै नउठाएको भ्याट असुल गर्ने भनेर करदाता सेवा कार्यालयले पत्राचार गरेपछि धितोपत्र दलाल कम्पनीहरूले कार्टेलिङ गरेर बजारमा सेयर खरिदबिक्री रोक्का गरेका हुन् । भ्याटको सन्दर्भमा स्पष्ट निर्णय नहुदाँसम्म सेयर कारोबार नखुलाउनेमा धितोपत्र दलालहरूले एक रहेको जनाएका छन् । 

भ्याटको विषयमा स्पट नभएसम्म सेयरको किनबेच नगर्ने स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीले बताए । “हामीले नउठाएको भ्याट कसरी तिर्ने ?” उनले भने, “नीतिगत व्यवस्था नगरी कर कार्यलयवाट पत्र आएको हुनाले समस्या जटिल बनेको हो ।”

भ्याटको सम्बन्धमा स्पष्ट व्यवस्था नभएसम्म कारोबार नहुने रेग्मीको भनाइ छ । कर आतंकको समाधान नभएसम्म सेयर कारोबार हुने सम्भावना नरहेको धितोपत्र दलाल शितल कोइरालाले बताए ।

धितोपत्र व्यवसायीहरूले धितोपत्र व्यवसायी नियमावलीले तोकेअनुसारको शुल्क उठाउदै आएका छन्. । भ्याट उठाउनका लागि धितोपत्र दलाल कम्पनी भ्याटमा दर्ता हुनुपर्छ । यस्तै, धितोपत्र दलाल व्यवसायी नियमावलीसमेत संशोधन गर्नु पर्छ । नियमावलीमा दलाल कम्पनीले तोकिएको कसिनबाहेक अन्य शुल्क लिन नपाउने व्यवस्था छ । 

बिहीबार सेयर कारोबार नगरेको सन्दर्भमा नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कानुनतः कारबाही गर्ने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । “कारोबार नै नगरेका कम्पनीलाई कसरी निलम्बन गर्ने भन्ने कानुनी अन्योल रहेको उनको भनाइ छ । यसमा धितोपत्र बोर्डले नै कारबाही गर्नुपर्ने उनले बताए । 

यता धितोपत्र बोर्डका प्रबक्ता निरज गिरीले भ्याटको सन्दर्भमा देखिएको समस्या छलफल गरेर समाधान गर्नुपर्ने बताए । “कारोबार बन्द गर्नु हुदैन, कारोबार रोकेर समाधान हुदैन,” उनले भने । भ्याटको विषय अर्थ मन्त्रालयमा पनि अवगत गराइसकेको उनले जानकारी दिए । भ्याट कसरी लाग्ने भन्नेमा कर निर्धारण गर्ने निकायलाई नै जानकारी हुने गिरीले बताए । 

आन्तरकि राजस्व विभाग मातहतका करदाता सेवा कार्यालयवाट धितोपत्र दलाल व्यवसायीहरूलाइ भ्याटमा दर्ता हुन तथा विगत ४ वर्षदेखिको भ्याट निर्धारण गरी जरिवाना थप दसतुर र व्याज सहितको कर रकम निर्धारण गरि १५ दिन भित्र नेपाल सरकारको सञ्चीती कोषमा दाखिला गर्नु भनी आदेश दिएको छ ।

महालेखा परीक्षकको कार्यालयले विगत ४ बर्षदेखिको ब्रोकर कमिसनमा भ्याट नलिएको भन्दै सम्बन्धित कर कार्यालयहरूलाई भ्याट उठाउन भनेको हो । कमिसनमा उठाउनु पर्ने १३ प्रतिशतका दरले हुने रकम सम्बन्धित कर कार्यालयको बेरुजुमा महालेखाले राखेको छ । कारोबार दैनिकमा खबर छ 
 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved