प्रदेश नम्बर–२ को स्थानीय निर्वाचनलाई लिएर अमेरिकाले दियो यस्तो दबाब

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 30, 2017 | 08:33:11 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाले असोजमा हुने प्रदेश नम्बर–२ को स्थानीय निर्वाचनमा विदेशी कूटनीतिज्ञ तथा अन्तर्राष्ट्रिय समुदायलाई पर्यवेक्षण गर्न दिन नेपालमाथि कूटनीतिक दबाब दिएको छ ।

 

निर्वाचन आयोग र सरकारले स्थानीय निर्वाचनमा विदेशीलाई पर्यवेक्षण अनुमति दिन नसकिने प्रस्ट रुपमा बताइसकेको भए पनि अमेरिकी दूतावासले बिहीबार वक्तव्य निकालेर पर्यवेक्षण गर्न पाउनुपर्ने बताएको हो ।

 

अमेरिकी दूतावासले भनेको छ, ‘स्थानीय निर्वाचनको महत्वपूर्ण अन्तिम चरणमा निर्वाध रुपमा अन्तराष्ट्रिय पर्यवेक्षकलाई अनुमति दिन नेपाल सरकारलाई पुनः आग्रह गर्न चाहन्छ ।’ अमेरिकाले निर्वाचनमा निर्वाध रुपमा पर्यवेक्षण गर्न पाउनुपर्ने माग गर्दै वक्तव्य निकालेको यो दोश्रोपटक हो ।

 

यसअघि वैशाख ३१ को पहिलो चरणको निर्वाचन लगत्तै वक्तव्य निकालेर तराईमा बिना रोकतोक पर्यवेक्षण गर्न पाउनुपर्ने माग अमेरिकी र बेलायती दूतावासले गरेका थिए ।

 

विश्वमै कहीं पनि स्थानीय निर्वाचनमा विदेशीलाई पर्यवेक्षण गर्न दिइँदैन । पहिलो र दोश्रो चरणको निर्वाचनमा पर्यवेक्षण अनुमति नपाउँदा रुष्ट बनेका अमेरिकालगायत पश्चिमा मुलुकका कूटनीतिज्ञले निर्वाचन आयोग र परराष्ट्रका अधिकारीसँग पर्यवेक्षण गर्न दिन दबाब दिइरहेका छन् । अन्नपूर्ण पोस्टमा खबर छ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved