किन जाँदैछन् उपराष्ट्रपति चीन र उपप्रधानमन्त्री महरा भारत ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 01, 2017 | 07:51:45 AM मा प्रकाशित

laxmi sunrise bank

उपराष्ट्रपति नन्दबहादुर पुन असार २२ गते चीन भ्रमणमा जाने भएका छन् । उपप्रधानमन्त्री कृष्णहादुर महरा आइतबार(१८ गते) भारत जाँदैछन् उप्रधानमन्त्री महराको औपचारिक भारत भ्रमणका मुख्य तीन एजेण्डा तय भएको छ ।

नेपाल–भारत द्विपक्षीय संयन्त्रहरू थप सक्रिय बनाउने, प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारी गर्ने र सार्क शिखर सम्मेलनको वातावरण तय गर्ने भ्रमणका मुख्य एजेण्डा तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यीबाहेक पञ्चेश्वर, अरुण तेस्रो, सीमा नियमन, वर्षामा हुने डुबानलगायत विषयमा पनि छलफल हुने जनाइएको छ । दुईपक्षीय सद्भाव थप सबल बनाउन भ्रमण हुन लागेको परराष्टले निकालेको विज्ञप्तिमा जनाइएको छ । महराले भारतीय विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, विपक्षी नेताहरू र नेपालका लागि पूर्वराजदूतहरूसँग भेटवार्ता गर्नेछन् ।

भारतका राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्रीनरेन्द्र मोदीसँग पनि भेटका लागि पहल भइरहेको परराष्ट्रले जनाएको छ। उपराष्ट्रपति पुन भने चीनको कान्सु प्रान्तको लान चौ सहरमा आयोजना हुने लान चौ मेलामा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् । २३ औलान चौ मेलामा यसपटक नेपाल र मलेसिया अतिथि मुलुक हुनेछन् ।

अघिल्लो वर्षको यही समयमा कुनमिङ मेलामा पनि उपराष्ट्रपति पुनले नै सहभागिता जनाएका थिए । चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले बिहीबार नियमित पत्रकार सम्मेलनमा भनेका छन्, ‘लान चौ मेलाको अतिथि मुलुकमा यसपटक हामीले नेपाललाई सवागत गर्नेछौं।’ उक्त मेला असार २२ देखि २५ सम्म हुनेछ । कान्तिपुर दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved