अब कुन निर्वाचन कहिले ? यस्तो छ निर्वाचन आयोगको प्रस्ताव

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 01, 2017 | 07:55:11 AM मा प्रकाशित

laxmi  sunrise bank

दोस्रो चरणको स्थानीय तह निर्वाचन आयोगले प्रदेशसभा र संघीय संसद्को निर्वाचनको तयारी थाल्न सरकारको ध्यानाकर्षण गरेको छ ।

आयोगले असोजको अन्तिम साता प्रदेशसभा, कात्तिकको दोस्रो साता राष्ट्रिसभा र मंसिरको पहिलो साता प्रतिनिधिसभाको निर्वाचन गर्न उपयुक्त हुने प्रस्ताव गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवसहित आयोगका पदाधिकारीहरूले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी आगामी माघ ७ भित्र स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने बाध्यात्मक संवैधानिक व्यवस्था सम्झाएका हुन् ।

आयुक्त सुधीरकुमार शाहले चुनाव गराउन आयोग तयार रहेको र त्यसका लागि सरकारबाट हुनुपर्ने तयारी बेलैमा गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको बताए । बाँकी चुनावका लागि आवश्यक कानुन असारभित्रै र निर्वाचन क्षेत्र निर्धारण साउन १५ सम्म भइसक्नुपर्ने आयोगले जनाएको छ ।

‘आयोग आफ्नो जिम्मेवारीप्रति ‘प्रोएक्टिभ’ भएर सरकारलाई आवश्यक सुझाव दिएको हो’, आयुक्त शाहले भने, आगामी निर्वाचनको मिति समय छँदै तोकियोस् र आवश्यक कानुन बनोस् भन्ने हाम्रो अपेक्षा छ ।’

आयोगले संविधानअनुसार क्षेत्र निर्धारण आयोगमार्फत निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने, प्रदेशसभा सदस्य निर्वाचन ऐन र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन बन्नुपर्ने जनाएको छ। मतदाता नामावलीसम्बन्धी ऐनमा समेत केही परिमार्जन आवश्यक रहेको आयोगको भनाइ छ । कान्तिपुर दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved