गाउँमा एमाले र सहरमा कांग्रेस

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 02, 2017 | 08:23:43 AM मा प्रकाशित

laxmi  sunrise bank

स्थानीय तहको दोस्रो चरण निर्वाचनको पछिल्लो मतपरिणाममा गाउँमा एमाले र सहरमा कांग्रेसले बढी तह जितेका छन्। शनिबार साँझसम्मको मतपरिणामअनुसार कांग्रेसले १० वटा नगरपालिकाको मेयर र उपमेयर जितेको छ भने एमालेले ७ वटा मात्रै नगरपालिकाको मेयर र उपमेयर जितेको छ।

एमालेले ५३ गाउँपालिकाको प्रमुखमा विजयी भएको छ भने कांग्रेस ३२ वटा गाउँपालिकामा मात्रै प्रमुख जितेको छ। तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले भने अझसम्म रोल्पा नगरपालिकामा मात्रै मेयर र उपमेयर जितेको छ। अन्य दल कसैले पनि नगरपालिकाको मेयर जित्न सकेका छैनन्।

नगर र गाउँपालिका दुवैमा भने शनिबार साँझसम्ममा एमाले केही अग्रस्थानमा छ। एमालेले ६ नगरपालिकासहित ६० तहमा विजय हासिल गरेको छ भने कांग्रेसले नौ नगरसहित ४२ तहमा जितेको छ। माओवादी केन्द्रले एक नगरसहित २२ तहमा जित आफ्नो पक्षमा पारेको छ।

कांग्रेसले बर्दियाको गुलरिया नगरपालिका, दार्चुलाको महाकाली नगरपालिका र सल्यशिखर नगरपालिका, बैतडीको दशरथचन्द नगरपालिका, बाजुराको त्रिवेणी नगरपालिकामा मेयर र उपमेयर जितेको छ। त्यस्तै, बाजुराको बडिमालिका, अछामको कमलबजार, भोजपुरको भोजपुर र बझाङको बुंगल नगरपालिकामा पनि मेयर र उपमेयर कांग्रेसले जितेको छ।

त्यस्तै, एमालेले जयपृथ्वी नगरपालिका बझाङ, मुसिकोट नगरपालिका गुल्मी, पाख्रिबास नगरपालिका धनकुटा, रेसुङगा नगरपालिका गुल्मी, मादी नगरपालिका संखुवासभा र अमरगढी नगरपालिका डडेलधुरामा मेयर र उपमेयर जितेको छ। माओवादीले अहिलेसम्म रोल्पाको रोल्पा नगरपालिका मात्रै जितेको छ।

प्रमुख तीन दल बाहेकका अन्य दलले भने अझसम्म कुनै पनि नगरपालिकाको मयेर र उपमेयर जितेका छैनन्। समाजवादी फोरम १ गाउँपालिका तथा जनमोर्चा दुई गाउँपालिका विजयी भएको छ।

मतगणना जारी रहेका तीन प्रदेशका मुख्य सहरका उपमहानगरपालिकामा पनि कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा जारी छ। प्रदेश नम्बर १ को विराटनगर महानगरपालिकामा कांग्रेसले अग्रता कामय गरिरहेको छ भने इटहरी उपमहानगरपालिकामा पनि कांग्रेसकै अग्रता छ। धरानमा भने शनिबार साँझदेखि एमाले अग्रस्थानमा छ। त्यस्तै, प्रदेश नम्बर ५ को बुटवल, दाङ र घोराई तीनै उपमहानगरपालिकामा एमालेले अग्रता लिएको छ। प्रदेश नम्बर ५ कै नेपालगन्ज उपमहानगरपालिकामा भने राप्रपा अग्रस्थानमा छ।

प्रदेश नम्बर ७ को एउटा मात्रै उपमहानगरपालिका धनगढीमा भने कांग्रेसले ५ सयभन्दा बढी मतले अग्रता कायम गरिरहेको छ।मतगणना निकै सुस्त भएकाले उपमहानगरको मतपरिणाम आउन अझै एक साता लाग्ने बताइएको छ।

तीन दिनसम्ममा उपमहानगरमा करिब १० हजार हाराहारीमा मात्रै मत गनिएको छ। सबै उपमहानगरमा ८० हजारभन्दा बढी मतदाता छन्। शनिबार साँझसम्म प्रदेश नं। १, ५ र ७ का १२१ को परिणाम सार्वजनिक भएको छ। आयोगका अनुसार बाँकी २१३ स्थानमा भने मतगणना कार्य जारी छ। प्रदेश नं। १ को ताप्लेजुङ जिल्ला फातालुङ गाउँपालिकाको मतपेटिका मतगणना स्थलमा आइपुगेकाले शनिबारदेखि नै गणना सुरु हुनेछ।

शनिबार साँझसम्म कांग्रेसले ८३ र एमालेले ८१ स्थानीय तहमा अग्रता कामय गरेका छन्। माओवादीले २३ र अन्य साना दलले १२ स्थानीय तहमा अग्रता कामय गरिरहेका छन्।

३५ जिल्लाका १ महानगरपालिका ७ उपमहानगरपालिका १११ नगरपालिका २१५ गाउँपालिका गरी ३३४ स्थानका लागि भएको दोस्रो चरणको निर्वाचनबाट १५ हजार ३ प्रतिनिधि छनोट हुँदै छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved