
तीन साता स्थगित भएपछि व्यवस्थापिका संसद बैठक आइतबार बस्दैछ । यो बैठक नेकपा एमालेका तर्फबाट बाहलवाला सांसद् महिन लिम्बुको निधनमा शोक प्रस्ताव पारित गरी स्थगित हुनेछ । क्यान्सरपीडित लिम्बुको असार १० गते निधन भएको थियो ।
सोमबारदेखि भने संसद्मा वार्षिक बजेट छलफल गर्ने कार्यसूची छ । निर्वाचनका लागि जेठ २८ गते संसद् तीन साताका लागि स्थगित भएको थियो ।
संसद् स्थगित गर्ने अन्तिम बैठकले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई चुनावमा सहभागी गराउन भन्दै एकै दिन तीन वटा बैठक बसी स्थानीय तह निर्वाचन ऐन संशोधन गरेको थियो ।
बजेटसम्बन्धी विधेयक पनि संसद्मा पेस हुने चरणमा छन् । यस्तै, संसद्मा स्थानीय तह शासन सञ्चालनलगायत महत्वपूर्ण विधेयक विचाराधीन छन् । गोरखापत्रमा खबर छ ।