यसपटक भने दाङमा नराम्रोसँग पछारियो कांग्रेस

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 04, 2017 | 08:24:57 AM मा प्रकाशित

laxmi  sunrise bank

०७० सालको संविधानसभा निर्वाचनमा दाङमा कांग्र्रेसले पाँचवटै निर्वाचन क्षेत्र जित्दै ‘क्लिन स्विप’ गरेको थियो । त्यतिबेला एमालेभन्दा झन्डै दोब्बर हाराहारी मत पाएका थिए, कांग्रेस उम्मेदवारहरूले । एमालेका प्रभावशाली नेता शंकर पोखरेलसमेत कांग्रेसका जिल्लास्तरीय नेता बुद्धिराम भण्डारीसँग पराजित हुनुपरेको थियो ।

त्यसअघि पनि कांग्रेसले आफ्नो प्रभाव यथावत राख्दै आफ्नो किल्लाका रुपमा दाङलाई चिनाउँदै आएको थियो । कांग्रेस प्रभावशाली नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काको गृहजिल्ला दाङ सबै निर्वाचनमा खड्काकै प्रभावमा रहन्थ्यो । यसपालिको स्थानीय तह निर्वाचनमा भने एमालेले कांग्रेसको गढ भत्काएको छ ।

जिल्ला सदरमुकाम घोराही उपमहानगरपालिकामा एमालेको झन्डा फहराएको छ । अञ्चल सदरमुकाम तुलसीपुर उपमहानगरपालिकामा पनि एमाले मेयरका उम्मेदवार घनश्याम पाण्डेको अग्रता कायम छ । नगरका पूर्वउपमेयर, विश्व वन सञ्चालनका संयोजक तथा वन महासंघका पूर्वअध्यक्ष पाण्डे निर्वाचनमा लोकप्रिय देखिनुभएको छ ।

०४८, ५१, ५६, ६४ र ७० को निर्वाचनमध्ये ०६४ मा माओवादी आएबाहेक बाँकी सबैमा कांग्रेसले जितेर आफ्नो गढको रूपमा स्थापित गर्दै आएको थियो । एमालेले सोमबारसम्म चार स्थानीय तहमा जित हात पारिसकेको छ भने तुलसीपुरमा अग्रता कायम गरेको छ ।

जिल्लामा आधा स्थानीय तहमा एमालेले किल्ला गाड्ने देखिएको छ । कांग्रेसले भने चार स्थानीय तहमा चित्त बुझाउँदै छ । एकमा माओवादी केन्द्रको जित छ । स्थानीय तहमा लोकप्रिय उम्मेदवारहरूलाई जनताले मूल्यांकन गरेर मत दिएको देखिएको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved