प्रधानमन्त्री देउवाले चाँडै भारत भ्रमण गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 05, 2017 | 08:28:16 AM मा प्रकाशित

laxmi  sunrise bank

 प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै भारतको भ्रमण गर्नुहुने भएको छ ।  प्रधानमन्त्रीको भ्रमणको मिति भने तय भएको छैन ।  भारतका विदेशमन्त्री सुषमा स्वराजको निमन्त्रणामा चारदिने भारत भ्रमण सकेर मङ्गलबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलमा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले मिति भने कूटनीतिक माध्यमबाट तय गरिने जानकारी दिनुभयो ।

परराष्ट्रमन्त्री महराले आफ्नो भ्रमण दुई मुलुकबीच उच्च तहमा भएका भ्रमणको आदानप्रदान गर्न सहयोगी भएको बताउँदै यस्ता भ्रमणले आपसी सम्बन्ध थप घनिष्ठ बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।   भ्रमणका क्रममा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को शिखर सम्मेलनका बारेमा पनि कुराकानी भएको थियो ।  उहाँले सार्क शिखर सम्मेलन आयोजना गर्ने विषयमा भारत सकारात्मक भएको बताउनुभयो ।  उहाँले भारतीय समकक्षी सुषमा स्वराजसँग सार्क शिखर सम्मेलनबारे पनि छलफल भएको बताउनुभएको थियो ।

उहाँले सम्मेलन आयोजनाका लागि भारत सकारात्मक भएको बताउनुभयो ।  छ महिनाअघि नै पाकिस्तानमा हुनुपर्ने सम्मेलन भारत तथा अन्य सदस्य राष्ट्रले सहभागी नहुने बताएपछि स्थागन भएको थियो ।

त्यस बेला जम्मु काश्मीरको उरीमा आतङ्ककारी हमला भएको कारण देखाउँदै भारतले सम्मेलनमा सहभागी नहुने जनाएको थियो ।  त्यसलगत्तै भुटान, श्रीलङ्का र बङ्गलादेशले पनि सम्मेलनमा सहभागिता हुन नसक्ने जनाएका थिए ।  सार्कको बडापत्रअनुसार सबै सदस्य राष्ट्रको सहभागितामा मात्र शिखर सम्मेलन हुने गर्छ ।

नेपाल अहिले सार्कको अध्यक्ष राष्ट्र रहेको छ ।  त्यस नाताले सम्मेलनको नयाँ मिति तय गर्ने जिम्मेवारी नेपालको रहेको छ ।

उहाँले भारतीय सहयोगमा सञ्चालित विभिन्न विकास परियोजना कार्यान्वयनलाई थप गति दिने, व्यापार असन्तुलन कम गर्ने, नेपालको निर्यात बढाउने लगायतका आपसी विश्वास तथा मैत्रीसम्बन्ध प्रगाढ पार्न सहयोग पुगेको बताउनुभयो ।

उहाँले भ्रमणका क्रममा नेपालका लागि सहप्रमाणीकृत नियोग प्रमुखसँग भएको अन्तरक्रियाबाट मुलुकको शान्ति तथा विकास प्रयासमा सबैको सद्भाव हासिल हुने विश्वास लिएको छु भन्नुभयो ।

परराष्ट्रमन्त्री महराले आफ्नो भ्रमणले नेपाल र भारतबीच शदियौँदेखि रहँदै आएको मैत्रीपूर्ण एवं बहुआयामिक सम्बन्ध थप सुदृढ भएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “मेरो भारत भ्रमणले नेपाल–भारत बहुआयामिक सम्बन्ध थप सुदृढ तुल्याउन मद्दत पुगेको छ । ”

मन्त्री महराले दुई मुलुकबीच आर्थिक–सामाजिक विकास तथा पूर्वाधार निर्माणसम्बन्धी सम्झौता एवं सहमतिलगायत हाल चालू परियोजनाको समयबद्ध रूपमा सफल कार्यान्वयन गर्न तथा सहयोगका नयाँ क्षेत्रको पहिचान गर्नेतर्फ महŒवपूर्ण योगदान पुगेको विश्वास व्यक्त गर्नुभयो ।  भारतका विदेशमन्त्री स्वराजको मैत्रीपूर्ण निमन्त्रणमा यही असार १९ देखि २० गतेसम्म परराष्ट्रमन्त्री महराले भारत भ्रमण गर्नुभएको हो ।

गैरआवासीय राजदूतसँगको बैठकमा आफूले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्मा नेपालको उम्मेदवारीका साथै मानव अधिकारको संरक्षण र प्रवद्र्धनका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिका विषयमा जानकारी गराएको परराष्ट्रमन्त्री महराले जानकारी दिनुभयो ।

त्यस बैठकमा ३७ राष्ट्रका गैरआवासीय नियोग प्रमुखहरूको सहभागिता थियो ।  मन्त्री महराका अनुसार ती सबै नियोग प्रमुखले नेपालप्रति सद्भाव दर्शाउनुका साथै विगत ११ वर्षदेखि भएको सामाजिक–राजनीतिक रूपान्तरणप्रति चासो लिनुभएको थियो ।

उहाँले बैठकमार्फत आफूले नेपालको परराष्ट्र नीतिको दिशा र अभीष्टबारे अवगत गराउनुका साथै सबैको सद्भाव हासिल गर्न प्रयास गरेको बताउनुभयो  ।  नेपालको सामाजिक–राजनीतिक रूपान्तरणमा सबै मुलुकको चासो र उत्सुकता रहेको बताउँदै मन्त्री महराले भन्नुभयो, “ती सबै मुलुकसँगको सम्बन्धलाई हामीले उच्च महŒव दिइआएका छौँ । ”  गोरखापत्रमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved