लामो दूरीका सार्वजनिक सवारीसाधन चक्रपथभित्र चलाउन नपाइने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 06, 2017 | 08:22:28 AM मा प्रकाशित

laxmi  sunrise bank

लामो दूरीका सार्वजनिक सवारीसाधन चक्रपथभित्र चलाउन नपाइने भएको छ । ट्राफिक व्यवस्थापन सहज बनाउन यो नियम लागू गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यातायात व्यवस्था विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखालगायत सम्बन्धित निकायको बुधबार बसेको बैठकले उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि तीनबुँदे निर्णय गरेको हो । निर्णयअनुसार १ साउनदेखि चक्रपथभित्र लामो दूरीका सार्वजनिक यात्रुवाहक सवारीसाधन चलाउन पाइने छैन् ।

महाशाखाका डिआइजी मिङमार लामाका अनुसार नियम लागू भएपछि सवारीसाधनको आगमन र प्रस्थान गोगंबु बसपार्कमा मात्र सिमित हुनेछ । लामो दूरीका यात्रुवाहक सवारीसाधन अब कलंकीदेखि सीधै बसपार्क र बसपार्कबाट आफ्नो गन्तव्यतर्फ मात्र जान पाउने छन् ।

त्यस्तै, उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थापन गर्न थप बस पार्कहरूको व्यवस्था गर्ने निर्णय पनि भएको छ । चक्रपथको हरियाली क्षेत्रमा गरिने सवारीसाधनको पार्किङ तत्काल निषेध गर्ने निर्णय गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

उपत्यकामा लामो दूरीका यात्रुवाहक सवारीसाधन ९ सयको हाराहारीमा रहेको महाशाखाले जनाएको छ । चक्रपथवरिपरि लामो दूरीका यात्रुवाहक सवारीसाधन चलाउन निशेष गरेपछि केही हदसम्म ट्राफिक जाम कम हुने आँकलन गरिएको लामाको तर्क छ ।

यसैबीच नेपाल यातायत व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले यातायात व्यवस्था विभागको निर्णय सकारात्मक रहेको बताएका छन् । उनका अनुसार निर्णय उपलब्धिमूलक रहे पनि कार्यान्वयनका लागि अझै थप पार्किङको व्यवस्था गर्नुपर्नेछ । नयाँ पत्रिकामा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved