दर्ता भएन राजपा, खुशी छैनन नेता त्रिपाठी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 06, 2017 | 08:57:20 AM मा प्रकाशित

laxmi  sunrise bank

पार्टी विधानमा गजेन्द्रनारायण सिंहको नाम राख्ने–नराख्ने आन्तरिक विवादले राष्ट्रिय जनता पार्टी बुधबार निर्वाचन आयोगमा दर्ता हुन सकेन । मंगलबार राति सहमति जुटेपछि अध्यक्षमण्डलका सबैले हस्ताक्षर गरेको विधानमा बुधबार बिहान पुनः विवाद निस्किएको छ । विवादकै कारण पार्टी दर्ता हुन सकेन ।

अध्यक्षमण्डका महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, अनिल झा र राजकिशोर यादवको बैठक मंगलबार राति ११ बजेसम्म बसेको थियो । उनीहरूबीच विधानमा गजेन्द्रनारायण सिंहको नाम उल्लेख नगर्ने सहमति भएको थियो ।

बुुुधबार बिहान ११ बजे बिजुलीबजारस्थित तमलोपाको कार्यालयमा बैठक बसेर दल दर्ताका लागि निर्वाचन आयोगमा जाने तयारी थियो । त्यसैअनुसार निर्वाचन आयोगलाई खबर पनि गरिएको थियो । तर, बुधबारको बैठकको सुरुमै अनिल झाले विधानको प्रस्तावनामा गजेन्द्रनारायण सिंहको नाम उल्लेख गर्नुपर्ने अडान राखे । त्यसमा राजकिशोर यादवले पनि साथ दिए ।

बैठकमा महेन्द्र राय यादवले भने सिंहको नाम विधानमा उल्लेख गर्न नसकिने अडान राखे । विधानको प्रस्तावनामा नेताको नाम राख्ने प्रचलन नभएको उनको तर्क थियो । सिंहले स्थापना गरेको नेपाल सद्भावना पार्टीको स्कुलिङबाट आएका राजेन्द्र महतो भने विवादमा मौन बसे । ढिलो गरी बैठकमा उपस्थित भएका अध्यक्षमण्डलका अध्यक्ष महन्थ ठाकुर पनि पक्ष–विपक्षमा बोलेनन् ।

विवाद भएपछि बुधबारको बैठक विनानिष्कर्ष सकिएको छ । बिहीबार थप छलफल गरेर टुंगोमा पुग्ने नेताहरूले बताएका छन् । ‘पार्टीको विधान र घोषणापत्रलाई अन्तिम रूप दिनेबित्तिकै पार्टी दर्ता गर्छौँ,’ बैठकमा सहभागी नेता महतोले भने, ‘मधेस आन्दोलनमा महत्वपूर्ण योगदान गर्ने नेताको नाम त राख्नुपर्ने हुन्छ ।’ नेता राजकिशोर यादवले भने राष्ट्रिय मुक्ति आन्दोलनको नेतृत्व गर्ने विकल्पका रूपमा कसरी खडा हुने भन्नेबारे बैठकमा छलफल भइरहेको बताए ।

राजपा नेता त्रिपाठी असन्तुष्ट

राजपा नेता हृदयेश त्रिपाठी पार्टीका पछिल्ला गतिविधिबाट सन्तुष्ट छैनन् । पार्टी दर्तामा ढिलाइ गर्र्नु र नारायणी नदीपश्चिमको निर्वाचनमा भाग लिएका नेताहरूलाई पार्टीले वातावरण नबनाएको उनको गुनासो छ । उनी पछिल्ला दिनमा पार्टीको बैठकमा पनि सहभागी भएका छैनन् । ‘पार्टी दर्ता र निर्वाचनको विषयमा मेरा केही गुनासा छन्,’ नेता त्रिपाठीले भने ।

राजपाका २४ सांसद संसद्मा राजपाका

२४ सांसद छन् । कांग्रेस, एमाले, माओवादी र राप्रपापछिको पाँचौँ ठूलो दलका रूपमा चिह्न दिने निर्वाचन आयोगको तयारी छ । तत्कालीन तमलोपाका ११, सद्भावनाका ५ (एक निलम्बित), तमसपाका ३, रामसपाका ३ सांसद छन् । त्यस्तै, संघीय सद्भावना पार्टी र फोरम गणतान्त्रिकका एक–एक सांसद् छन् । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम १५ सांसदसहित छैटौँ स्थानमा छ । नयाँपत्रिकामा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved