
नेपाल नर्सिङ काउन्सिलले लिएको नाम दर्ता (लाइसेन्स) परीक्षामा ४३.४५ प्रतिशत मात्र नर्सहरू उत्तीर्ण भएका छन् । यो प्रतिशत अघिल्ला नतिजाका तुलनामा अत्यन्तै कम हो । यो पटक १६औँ नाम दर्ता परीक्षामा नर्सिङ विषय उत्तीर्ण गरेका एक हजार ८११ जना सहभागीभध्ये ७८४ जनाले मात्र उत्तीर्ण भएका हुन् ।
काउन्सिलका अध्यक्ष चन्द्रकला शर्माले अघिल्ला परीक्षाका तुलनामा यसपटक कम उत्तीर्ण भएको जानकारी दिनुभयो । उहाँले अघिल्ला परीक्षामा अनुतीर्ण भएर परीक्षा दोहो¥याउनेको सङ्ख्या धेरै भएकाले असफलको प्रतिशतसमेत बढेको हुन सक्ने जानकारी दिनुभयो ।
यसपटक अघिल्लो वर्ष असफल भएका आठ सय नर्स पनि परीक्षामा सहभागी थिए । गोरखापत्रमा खबर छ ।