उत्तीर्ण गराइदिन सोर्स लगाउँछन् चिकित्सक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 11, 2017 | 07:48:59 AM मा प्रकाशित

laxmi sunrise bank

मुना मेमोरियल ट्रस्टले वीर अस्पतालका बिरामीका लागि ३७० थान कपडा (गाउन) प्रदान गरेको छ ।  पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले अस्पताललाई आवश्यक पर्ने स्वास्थ्य सामग्री अस्पतालका निर्देशक डा. भूपेन्द्रकुमार बस्नेतलाई हस्तान्तरण गर्नुभयो ।

उक्त कार्यक्रममा पूर्वमन्त्री थापाले वीर अस्पतालमा पुराना र अनुभवी चिकित्सक रहेको भन्दै अस्पताललाई स्रोत साधनसम्पन्न गराउन आफू लागिपरेको बताउनुभयो ।  जनताको अस्पताल भएकाले आफ्नो कार्यकालमा अस्पतालले मागेजति रकमको व्यवस्था गरिदिएको स्मरण गर्दै उहाँले वीर अस्पताललाई जनशक्ति र स्रोत साधनले सुविधासम्पन्न गराउन सरकारको सहयोगले मात्रै नहुने बताउनुभयो ।  

चिकित्साशास्त्रमा अझै पनि भनसुन चल्ने गरेको उल्लेख गर्दै कतिपय विशेषज्ञ पनि भनसुनमै भर पर्ने गरेको बताउनुभयो ।  उहाँले विशेषज्ञ चिकित्सकको नाम दर्ताको परीक्षामा अनुत्तीर्ण भएका ७० प्रतिशत चिकित्सकमध्ये केहीले उत्तीर्ण गराइदिन सोर्स लगाउन आउने गरेको खुलासा गर्नुभयो ।

कार्यक्रममा वीर अस्पतालका निर्देशक डा. भूपेन्द्रकुमार बस्नेतले वीर अस्पताललाई साधनसम्पन्न बनाउन सके गरिबको उपचार सहज हुने बताउनुभयो ।उहाँले नयाँ उपकरण भए बिरामी विदेश जान नपर्ने भन्दै वीर अस्पतालमा दुर्गम क्षेत्रबाट पनि बिरामी उपचारका लागि आउने गरेको बताउनुभयो ।

पाल्पाको रामपुर नगरपालिकामा जन्मनुभएकी मुना अधिकारी पौडेलले वीर अस्पतालमा लामो समय स्वास्थ्यकर्मीका रूपमा सेवा गर्नुभएको थियो ।  रोजगारका क्रममा अस्ट्रिया जानुभएकी पौडेलको क्यान्सरका कारण २०६८ सालमा निधन भएको थियो ।  पौडेलकै नाममा स्थापना भएको ट्रस्टले उहाँकै चाहना अनुसार स्वास्थ्य क्षेत्रमा परोपकारी काम गर्दै आएको छ ।   गोरखापत्रमा खबर छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved