‘भारतले भुटान र नेपाललाई सिक्किम बनाउन खोज्यो’

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 11, 2017 | 08:03:00 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतले भुटान र नेपाललाई पनि सिक्कम झैँ आफूमा मिलाउन खोज्दा समस्या उत्पन्न भएको आरोप चिनियाँ विज्ञले लगाएका छन् । भुटान र नेपालका लागि सिक्किम बन्नबाट बच्नु नै पहिलो चुनौति रहेको चिनियाँ विज्ञको ठहर छ ।

भुटान र नेपालको आन्तरिक मामिला, सार्वभौमिकता, राष्ट्रिय प्रतिरक्षा र स्वतन्त्रतामा भारतले नाङ्गो हस्तक्षेप र नियन्त्रण जारी राखेकोमा चिनियाँ विज्ञहरुले गहिरो चिन्ता प्रकट गरेका हुन् ।

सीमावर्ती डोक्लाम क्षेत्रमा चीनियाँ सेनाले सडक निर्माण गरिहंदा भारतीय सेनाले अवरोध पुरयाएपछि चीन र भारतबीच चुलिएको तनावले उग्ररुप लिएका बेला चिनियाँ विज्ञहरुको यस्तो भनाई आएको हो ।

‘भारतले भुटानको रक्षा र कुटनीतिमा नियन्त्रण गर्दै आएको छ । यो भुटानको सार्वभौमसत्ता र राष्ट्रिय स्वार्थ विपरीत छ । ठूलो संख्यामा भारतीय नागरिकहरु नेपाल र भुटानमा बसाईँ सरेका छन् । नेपालको आन्तरिक मामिलामा भारतको ठाडो हस्तक्षेप छ’ चीनको चर्चित थिंकट्यांक छहर इन्स्टिच्युटका अनुसन्धानकर्ता लोङ् सिङ्चुन ग्लोबल टाइम्समा लेख्नुहुन्छ ।

भारतले पहिले ठूलो संख्यामा सिक्किममा भारतीय नागरिकहरु बसाईँसराई गरी पठाएको र अन्ततोगत्वा तिनै भारतीय नागरिकका माध्यमबाट सिक्किमको संसदलाई आफ्नो नियन्त्रणमा लिएर भारतले स्वतन्त्र मुलुक सिक्किम आफूमा बिलय गराएको उहाँले उदाहरण दिनुभएको छ । सिक्किम बन्नबाट जोगिनु नै भुटान र नेपालका लागि पहिलो चुनौति रहेको उहाँले उल्लेख गर्नुभएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्समा हालै प्रकाशित लेखहरुमा चिनियाँ विज्ञहरुले भारतको बढ्दो मनोमानीका कारण दक्षिण एसियामा भुटान र नेपालजस्ता मुलुक प्रताडित भएको उनीहरुको भनाई छ । 

पश्चिमा मुलुकहरुले भारतको प्रभूत्ववाद दक्षिण एसियामा कायम गराएर चीनलाई घेर्नका लागि भारतलाई उपयोग गरेको उहाँको भनाई छ ।‘जस्तो सन् २०१५ मा भारतले नेपालमा नाकाबन्दी गरेको समयमा पश्चिमा मुलुकहरु र संचारमाध्यम त्यसबारे मौन बसे । यसबाट देखिन्छ कि भारतको दक्षिण एसियाका साना मुलुकमा रहेको हैकमवाद बिरुद्द उनीहरु आँखा चिम्लिन्छन्’ उहां लेख्नुहुन्छ ।

डोक्लाम क्षेत्रमा भारतीय सैनिक पसेर चीनको सडक निर्माणमा अवरोध पु¥याएर भारतले चीनसँग पौँठेजोरी खेल्न खोजेको चिनियाँ विज्ञहरुको भनाई छ ।डोक्लाममा तनाव चलिरहेकै बेला तिब्बती ‘पृथकतावादी’ समूहका नेता दलाई लामा पक्षधरहरुले लद्दाख क्षेत्रमा अवस्थित बाङ्गोङ् तालमा स्वतन्त्र तिब्बतको झन्डा फहराएकोमा चिनियाँ विज्ञले आपत्ति जनाएका छन् । यसरी स्वतन्त्र तिब्बतको झण्डा फहराइनुमा भारतीय पक्षकै चालबाजी हुनसक्ने उनीहरुको बुझाई छ ।

‘भारतले चीनसँग सम्बन्ध बिग्रने बित्तिकै तिब्बत कार्ड खेल्ने गरेको छ । जुन चीनको हितमा त छैन नै, भारतको पनि हितमा छैन । किनकी भारतको सबैभन्दा ठूलो ब्यापारिक साझेदार चीन हो । चीनलाई चिढ्याएर भारतलाई फाइदा छैन’ चिनियाँ विज्ञ यु निङ् ग्लोबल टाइम्समै प्रकाशित अर्को लेखमा भन्नुहुन्छ । भारत र पश्चिमा मुलुकले खेल्दै आएको तिब्बत कार्डको कुनै अर्थ नरहेको उहाँले बताउनुभयो ।

बेलायत र आफूबीच भएको सम्झौता अनुसार डोक्लाम क्षेत्रमा आफ्नो भूभाग भएको दाबी चीनको छ । डोक्लाम क्षेत्रको स्वामित्वबारे भुटान र चीनबीच लामो समय यता विवाद छ । यो क्षेत्र चीन, भुटान र भारतको त्रिदेशीय विन्दु मानिन्छ । रणनीतिक महत्वका हिसाबले चीन, भुटान, भारत र नेपालका लागि पनि यस क्षेत्रको उच्च महत्व छ ।

चीनियाँ सेनाले अघिल्लो महिना उक्त भूभागमा सडक निर्माण गर्दै गर्दा भारतीय सेनाले अवरोध गरेको थियो । उता भारतले भुटानको सार्वभौमिकताका खातिर आफू लडिरहेको दाबी गरेको छ ।

 डोक्लाममा पसेर चीनियाँ सेनाले सडक बनाएको सो क्षेत्र सिलीगुडी करिडोर क्षेत्र नजिकै पर्ने हुंदा सुरक्षाका दृष्टिले भारतका लागि खतराको घण्टी रहेको नयाँ दिल्लीको निष्कर्ष छ । भारतीय सेनाले चिनियाँ सेनाको सडक निर्माणमा अवरोध गरेपछि भारत र चीनबीच तनाव बढेको छ ।

भुटानको भूमिमा सडक बनाएर चीनले बलमिच्याईँ गरेको आरोप भारतले लगाएको छ । चीनले भारतीय आरोपको खण्डन गर्दै उक्त भूभाग आफ्नो रहेकाले भारतीय सैनिक फिर्ता भएपछि मात्र समस्या समाधान हुने अडान राखेको छ । भारतले चिनियाँ सैनिक भुटानको भूभागमा छिरेको प्रतिवाद स्वरुप एक महिना यता आफ्ना सैनिक सीमामा सशक्त रुपमा परिचालित गरेको छ । यो ठाउँ भारतको सधैँ अशान्त रहने उत्तरपूर्वी क्षेत्र पुग्ने प्रमुख मार्ग पनि हो । अन्पूर्णबाट 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved