मन्त्रिमण्डल विस्तार गर्न छाडेर राजपाको माग सम्बोधन गर्ने तयारीमा प्रधानमन्त्री

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 11, 2017 | 08:06:42 AM मा प्रकाशित

laxmi  sunrise bank

स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै सरकार संविधान संशोधन विधेयक पारित गराउनका लागि बहुमत जुटाउने गृहकार्यमा लागेको छ ।

पारित गराउनन दुई तिहाइ बहुमत नरहेकाले सरकारले राप्रपा नेपालसहितका साना दलरुहलाई समेटी विधेयक पारित गराउनका लागि बुहमत जुटाउने गृहकार्यमा लागेको हो ।

प्रधानमन्त्री देउवा मन्त्रिपरिषद विस्तार गर्न छाडेर नै राजपाको माग सम्बोधन गर्न संशोधन विधेयक पारित गराउने गृहकार्यमा लागेका छन् ।

उनले सत्तारुढ दल माओवादी केन्द्रलगायतका दलसँग दैनिक रुपमा छलफल गर्नुका साथै राप्रपालाई पनि संशोधनको पक्षमा ल्याउने गृहकार्य गरिरहेका छन् ।

प्रमुख प्रतिपक्षी दल एमालेले कुनै पनि हालतमा विधेयक पारित गर्न नदिने अडान लिँदै आएको छ । पारित गर्न नदिनका लागि एमालेसहितको ९ दलिय गठबन्धन बनाएर नै उसले विरोध गर्दै आएको छ । नेपाल समाचारपत्रमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved