भरतपुरमा मतपत्र च्यात्नेलाई जब एसपीले भने- आइ वील सुट यु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 12, 2017 | 07:33:02 AM मा प्रकाशित

laxmi sunrise bank

भरतपुरको मतगणनाका क्रममा भएको विवादलाई सर्वोच्चले अहिलेसम्म टुंग्याएको छैन । तर, त्यस क्रममा मतपत्र च्यातिँदाका नयाँ नयाँ तथ्यको खुलासा भने हुन थालेका छन् ।

जेठको १४ गते राति १९ नं. वडामा मतदान भएको दुई हजार आठ सय ९७ मध्ये एक हजार आठ सय नौ मत गन्न बाँकी हुँदा साँझको खाना खानलाई केही समय गणना स्थगित भयो । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने केही दिनअघिबाटै जम्मा दश जनाबाहेक अन्य सुरक्षाकर्मिलाई गणनास्थलमा छिर्न दिइरहेका थिएनन् ।

त्यसदिनचाहिँ प्रहरीले धेरै नै कर गरेपछि थप पाँच प्रहरीलाई छिर्न दिइयो । खाना खाएर फर्किएका माओवादी गणक प्रतिनिधि मधु न्यौपाने र द्रोण शिवाकोटी सोझै मतपत्र च्यात्नतिर लागे । त्यस्तो दृश्य देखेपछि एसपी दीपक थापाले प्रतिकार गर्ने नै भए । तर, उनैमाथि माओवादी कार्यकर्ताले धक्काधक्की गर्दै भुईंमा पछारेपछि दीपकले ‘आइ वील सुट यु’ भन्दै पिस्तोलतिर हात लम्काउने नै भए ।

त्यसपछि स्थिति नियन्त्रणमा आयो, ती दुई भाइ घोक्य्राइए । उक्त घटनामा ९० मत पूर्णतः नोक्सान भएको प्रमुख निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेको भनाइ छ । उनी नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी र कांग्रेसको ट्रेड युनियनसम्बद्ध नेता, पछि न्यायसेवामा प्रवेश गरेका व्यक्ति (अहिले न्यायाधीश) हुन् । सुरक्षाकर्मी किन धेरै बस्नुपर्यो भनेर दिनमा १० जना खटाउने । त्यसदिन पाँच जना थप गरे ।

गणनास्थलमा उनको अनुमतिबेगरका व्यक्ति कोही गएको छैन । माओवादीले मतपत्र च्यातेपछि एसपीले नियन्त्रणका क्रममा पहिला उनीहरुलाई लात्तीले हानेर लडाए, त्यसपछि एसपीमाथि पनि धक्काधक्की चल्यो ।

अर्को तथ्य खुलेको छ, माओवादीका दुई भाइले च्यातेको पाँच सातभन्दा बढी मतपत्र होइन । बाँकी गणनामा बसेका माओावदीनिकट कर्मचारीले च्यातेको अर्को रिपोर्ट छ । मतगणनास्थल कब्जा भएको होइन भन्ने कुरा प्रहरीको भनाइ, पर्यवेक्षकहरुको अनुसन्धानबाट पनि प्रमाणित भइसकेको छ । गणनास्थल कब्जा भएको रिपोर्ट नलेख्दा कानु्नतः पुन मतदान गर्न मिल्दैन । जनआस्था साप्ताहिकमा खबर छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved