तराईका आठ जिल्लामा निःशुल्क इन्टरनेट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 12, 2017 | 07:35:13 AM मा प्रकाशित

laxmi  sunrise bank

 तराईका आठ जिल्लामा रहेका सार्वजनिक स्थानमा ब्रोडब्याण्ड इन्टरनेट पु¥याउने उद्देश्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले प्रक्रिया अघि बढाएको छ ।  सङ्घीय संरचना अनुरुप दुई नम्बर प्रदेशमा पर्ने सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा प्राधिकरणले ब्रोडब्याण्ड इण्टरनेट विस्तार गर्न लागेको हो ।

यसरी विस्तार गरिने इण्टरनेट सबै जिल्लामा दुई वर्षसम्म निःशुल्क उपलब्ध हुने प्राधिकरणले जनाएको छ ।  देशैभर ब्रोडब्याण्ड इण्टरनेट पु¥याउने सरकारी नीतिअनुसार प्राधिकरणले विभिन्न ठाउँमा अप्टिकल नेटवर्क विस्तार र ब्रोडब्याण्ड इण्टरनेट पु¥याउने कामलाई गति दिएको हो ।

तराईका आठ जिल्लालाई दुई भागमा विभाजन गरेर प्राधिकरणले आइतबारदेखि गणना हुने गरी अनुमति प्राप्त सेवा प्रदायकसँग फाइबर विस्तार र इण्टरनेट पहुँच पु¥याउन आवेदन माग गरेको छ ।

प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालका अनुसार दुई प्याकेजमा विभाजन गरिए पनि अप्टिकल विस्तार र इण्टरनेट पु¥याउने काम समानरूपमा अघि बढाइनेछ ।  ‘इच्छुक सेवा प्रदायकले दुईओटै प्याकेजमा पनि आवेदन दिन सक्नेछन्’ उहाँले भन्नुभयो ।  प्राधिकरणले पहिलो प्याकेज अन्तर्गत सप्तरी, सिरहा, धनुषा, महोत्तरी र दोस्रो प्याकेज अन्तर्गत सर्लाही, रौतहट, बारा र पर्सा जिल्ला राखेर अप्टिकल बिछ्याउनुपर्ने सर्त राखेको छ ।

प्राधिकरणका अनुसार आवेदन दिने सेवा प्रदायकले सम्बन्धित जिल्लाका गाउँपालिका तथा नगरपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य केन्द्र, सरकारी तथा सामुदायिक विद्यालय र कलेजसम्म ब्रोडब्याण्ड इण्टरनेट पु¥याउनुपर्नेछ ।  प्रतिस्पर्धाको आधारमा सेवा प्रदायक छनोट गरिने वरिष्ठ निर्देशक खनालले जानकारी दिनुभयो ।  इच्छुक सेवा प्रदायकले आगामी भदौ २२ गतेसम्म आवेदन दिनसक्ने उहाँले बताउनुभयो ।  छनोटमा परेको सेवा प्रदायकले बढीमा एक वर्षभित्र आठवटै जिल्लामा  अप्टिकल नेटवर्क विस्तार र इण्टरनेट पहुँचको काम पूरा गरिसक्नुपर्नेछ ।

यसरी पु¥याइएको इण्टरनेट सम्बन्धित क्षेत्रमा दुई वर्षसम्म निःशुल्क प्रयोग गर्नसकिने व्यवस्था प्राधिकरणले गरेको छ ।  प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषमा रहेको रकम उपयोग गरी यी जिल्लामा ब्रोडब्याण्ड विस्तार गर्न लागेको हो ।

यसअघि कोषकै रकम उपयोग गरी मध्यपहाडी लोकमार्गमा फाइबर विस्तार गर्न सेवा प्रदायक छनोट भइसकेका छन् ।  त्यस्तै भूकम्प प्रभावित चौध जिल्लामा इण्टरनेट पु¥याउने प्रक्रिया पनि प्राधिकरणले अघि बढाइसकेको छ ।  कर्णालीका आठ जिल्लामा पनि निःशूल्क इण्टरनेट पु¥याउने काम अघि बढिरहेको प्राधिकरणले जनाएको छ । गोरखापत्रमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved