प्रधानमन्त्रीको ध्यान अब सरकार विस्तारमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 12, 2017 | 07:44:50 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन असार मसान्तसम्म टुंग्याएर साउनको पहिलो साता सरकार विस्तार गर्ने तयारी गरेका थिए । तर, संशोधनमा दुई तिहाइ नपुग्ने छनक देखिएपछि उनी सरकार विस्तारतर्फ केन्द्रित भएका छन् । सरकार विस्तारका लागि आन्तरिक छलफल गर्ने र केही दिनभिै मन्त्री थप गर्ने सोचमा देउवा पुगेको उनी निकट स्रोत बताउँछ ।

‘संशोधनमा तत्काल दुई तिहाइ नपुग्ने देखिएपछि प्रधानमन्त्रीले अब सरकार विस्तारलाई प्राथमिकता राख्ने हुनुभएको छ,’ प्रधानमन्त्री देउवा निकट स्रोतले भन्यो, ‘अब छिट्टै सरकार विस्तार हुन्छ ।’

मन्त्रीको टुंगो लगाउन गठित चार सदस्यीय कार्यदलले बाँकी मन्त्रालय भागबन्डाका विषयमा छलफल गर्ने भएको छ । प्रधानमन्त्री बनेको एक महिना बितिसक्दा पनि देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । अझै २३ मन्त्रालय अझै मन्त्रीविहीन छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved