५० लाखले बैंक निक्षेप खाता बढ्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 12, 2017 | 08:16:58 AM मा प्रकाशित

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा ५० लाखले बैंक निक्षेप खाता बढ्ने बताएको छ । सबै नेपालीमा बैंकिङ पहुँच पुर्‍याउने उद्देश्यसहित राष्ट्र बैंकले नयाँ मौद्रिक नीतिमार्फत दुई हजार पाँच सय रुपैयाँको खाता खोल्नेलाई एक वर्षसम्म एक करोड निब्र्याजी ऋण दिने नीति ल्याएको  छ ।

यसका कारण आगामी आर्थिक वर्ष बैंक खाता बढ्ने नेपाल राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिनुभयो । यस्तै दुर्गमका स्थानीय तहमा जाने बैंकलाई पनि एक वर्षसम्म एक करोड निब्र्याजी कर्जा उपलब्ध गराउने राष्ट्र बैंकको प्रतिबद्धता छ ।

यसले बैंक तथा वित्तीय संस्थाले पनि आफ्नै पहलमा बैंक खाता बढाउनेछन् । देश संघीय संरचनामा गएर सात सय ४४ वटा स्थानीय तह बने पनि हालसम्म दुर्गममा बैंक विस्तार हुन सकेको छैन । अन्नपूर्ण पोस्टमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved