राजधानीमा प्लास्टिकको चामल बिक्री हुँदै ! एक व्यापारी पक्राउ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 12, 2017 | 09:10:25 AM मा प्रकाशित

laxmi  sunrise bank

प्लास्टिकको चामल बिक्री गरेको आरोपमा प्रहरीले राजधानीबाट एक व्यापारीलाई पक्राउ गरेको छ ।प्रहरीले सानो भर्‍याङबाट शेरचन ब्रदर्श प्रालिका टंकप्रसाद शेरचनलाई पक्राउ गरेको हो ।

शेरचनले बिक्री गरेको आरटीसी ब्रान्डको चामल प्लास्टिकको भएको आशंकामा महानगरीय प्रहरी परिसरले उनलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।

स्रोतका अनुसार प्रहरीको १ नम्बर गणले शेरचनको स्वयम्भु सानो भर्‍याङमा रहेको पसलबाट किनेको चामल अरर्रो भएपछि अनुसन्धान अघि बढाएको थियो ।

चामल फुट्नुको साटो बल उफ्रिएझैं उफ्रिएपछि काठमाडौं परिसरले अनुसन्धान अघि बढाउँदै शेरचनको गोदाममा छापा मारेको हो । काठमाडौं परिसरका एसएसपी छविलाल जोशीले शेरचनको गोदाममा शिलबन्दी गरी चामल परीक्षणका लागि खाद्य अनुसन्धानमा पठाउने तयारी गरेको जानकारी दिए । –नागरिक दैनिकबाट 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved