राप्रपालाई तत्काल सरकारमा नल्याइने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 13, 2017 | 08:37:19 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका लागि चार मन्त्रालय छुट्याए पनि उसलाई तत्काल सरकारमा नल्याउने भएका छन् ।

अबको मन्त्रिपरिषद् विस्तारमा कांग्रेस, माओवादी केन्द्र र विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिककै मन्त्रीहरू मात्र हुने स्रोतले बतायो । प्रधानमन्त्री देउवा माओवादी अध्यक्ष पुष्पकमल दाहाल विदेशबाट फर्केलगत्तै मन्त्रिपरिषद् विस्तारको तयारीमा छन् । दाहाल साउन ३० गते फर्कंदै छन् ।

संविधान संशोधनमा एकढिक्का नहुने भएपछि राप्रपालाई उपप्रधानमन्त्री दिन सत्ताघटक कांग्रेस र माओवादी दुवै तयार छैनन् । उपप्रधानमन्त्री नपाउने भएपछि सरकारमा जाने कि नजाने भन्नेमा राप्रपामा पनि मतान्तर छ । प्रधानमन्त्री देउवा पार्टीभित्रकै आन्तरिक व्यवस्थापनमा जुटेका छन् । कांग्रेस र माओवादीले २० मन्त्रालय भागबन्डा गर्ने सहमति बने पनि दुई दलले कतिरकति लिने भन्ने टुंगो लागिसकेको छैन ।

कांग्रेसले माओवादीलाई ८ दिएर आफूले १२ मन्त्रालय लिने प्रयास गरिरहेको छ । माओवादीले न्यूनतम ९ मन्त्रालय दाबी गर्दै आएको छ । कांग्रेसले १२ मन्त्रालय पाए वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई ४ वटा दिने देउवाको तयारी छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेता खुमबहादुर खडका पक्षलाई पनि एकरएक मन्त्रालय दिएर चित्त बुझाउन उनी लागिपरेका छन् । कान्तिपुरमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved