३६ वर्ष पुरानो पाँचतारे होटेल एभरेस्ट २५ महिनादेखि बन्द

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 13, 2017 | 08:41:45 AM मा प्रकाशित

laxmi sunrise bank

काठमाडौं सहरमा ठुल्ठूला होटेल बनिरहेका र बन्ने घोषणा भइरहेका बेला ३६ वर्ष पुरानो पाँचतारे होटेल एभरेस्ट २५ महिनादेखि बन्द छ।

भूकम्पका कारण क्षतीग्रस्त भई बन्द भएको भनिएको होटेल भवनको मर्मतको काम सुरु भएको छैन। ११ जना सुरक्षा गार्डको भरमा एभरेस्ट होटेल अलपत्र छ।

भूकम्पपछि हरियो स्टिकर लगाइदिएर पुनःसञ्चालनमा आइसकेको होटेलमा केही दिनपछि रातो स्टिकर लगाइएको थियो। भूकम्पपछि उद्दारका लागि आएका चीन, भारत, बेलायत, क्यानडा आदिको टोली नै होटेलको अतिथि बनेका थिए।

भारतीय सञ्चार माध्यमको फौज नै एभरेस्टमा बसेको थियो। तर दोस्रोचोटीको अनुगमनमा रातो स्टिकर लाग्यो, होटेल बन्द भयो। रातो स्टिकर टासिनु अघिल्लो दिनसम्म होटेलका एक सय १६ रुम, तीनवटा रेस्टुरा, एउटा बार र तीनवटा साना ठूला हल भरिभराउ नै हुन्थे । अन्नपुर्ण पोष्टमा खबर छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved