मन्त्रीको टुंगो लाग्यो, मन्त्रालय बाँकी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 14, 2017 | 08:13:47 AM मा प्रकाशित

nepal oil ltd

सत्तारुढ नेकपा माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने मन्त्रीको नामावली टुंग्याएको छ ।कांग्रेससँग मन्त्रालय भागबन्डा हुनेबित्तिकै टुंगिएका नामावलीहरुमध्ये कालिकोटका सांसद् महेन्द्रबहादुर शाहीलाई उर्जा मन्त्रालय दिने भनिए पनि अन्य नेताको मन्त्रालय भने टुंग्याउन सकिएको छैन ।

‘पार्टीले लगभग नाम टुंग्याएको भए पनि मन्त्रालय टुंगिन नसकेकाले जिम्मेवारी तोक्न सकिएको छैन,’ माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले भने, ‘मन्त्रालय टुंगिनेबित्तिकै जिम्मेवारी तोकिनेछ ।’

उनका अनुसार पार्टीले प्रत्यक्ष निर्वाचित भएकालाई प्राथमिकता दिएर देउवा मन्त्रिमण्डलमा पठाउने निर्णय लिएको हो । नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved