ठूला सरकारी अस्पतालमा ३० वर्ष पुराना उपकरण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 15, 2017 | 09:33:25 AM मा प्रकाशित

laxmi  sunrise bank

उपत्यकाका ठूला सरकारी अस्पतालमा स्वास्थ्य जाँच गर्ने उपकरण ३० वर्षभन्दा पुराना छन् । त्यस्ता उपकरणको आयु औसत दुईदेखि पाँच वर्षको हुन्छ । वीर, टिचिङ, सिभिललगायतका अस्पतालले वर्षौं पुराना उपकरण प्रयोग गरिरहेका छन् । ‘दुईदेखि पाँच वर्ष मात्रै औसत आयु हुने भए पनि सरकारी अस्पतालमा पुराना उपकरण प्रयोगमा छन्,’ सिभिल अस्पतालका निर्देशक आरपी चौधरीले नयाँ पत्रिकासँग भने ।

त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पताल महाराजगन्जमा पनि पुराना उपकरण प्रयोगमा आइरहेका छन् । अस्पतालका मेन्टिनेन्स शाखाका इन्जिनियर अमितकुमार चौधरीले स्थापनादेखिका उपकरणबाटै बिरामीको स्वास्थ्य जाँच भइरहेको बताए । ‘पुराना मेसिनबाटै हामीले बिरामीको स्वास्थ्य परीक्षण गरिरहेका छौँ,’ उनले भने । इन्जिनियर चौधरीले निश्चित आयुभन्दा बढी समय चलेका उपकरणको क्षमतामा कमी आउने भएकाले यस्ता मेसिनले बिरामीको स्वास्थ्य परीक्षण गर्दा गम्भीर समस्या उत्पन्न हुन सक्ने बताए ।

सबैभन्दा पुराना उपकरण टिचिङ अस्पतालमा रहेका छन् । यस्ता उपकरणलाई सबै अस्पतालले विस्थापन गरी अत्याधुनिक उपकरण जडान गर्नुपर्ने चौधरीको भनाइ छ । टिचिङ अस्पतालमा २५ वर्षदेखि अटो क्लेभ मेसिन सञ्चालनमा रहेको छ । यसलाई वर्षौँवर्षसम्म सञ्चालनमा ल्याउनु उपयुक्त नभएको प्रा.डा. लोकविक्रम थापा बताउँछन् । ‘उपचारमा जाँदा प्रयोग हुने कपडालाई सफा बनाउन यो मेसिन प्रयोग गरिन्छ । तर, पुरानो मेसिनबाट उल्टै संक्रमण हुन सक्ने अवस्था छ । यसलाई हल्का रूपमा लिनुहुँदैन,’ उनले भने ।

‘लगानी उठाउन पुराना उपकरण’ 
अस्पतालमा प्रयोगमा ल्याइएका मेसिनको आयु प्रायः दुईदेखि पाँच वर्षसम्म हुन्छ । तर, लगानी उठाउनकै लागि वर्षौँसम्म सञ्चालनमा ल्याउनुपरेको चिकित्सकहरू बताउँछन् । ‘नेपालमा महँगा उपकरण ल्याएर दुईदेखि पाँच वर्षमा लगानी उठाउन सकिँदैन । त्यसैले आयुभन्दा चारदेखि पाँच गुना बढी समय सञ्चालन गर्नुपरेको हो,’ शिक्षण अस्पतालका इन्जिनियर चौधरीले भने, ‘लामो समयसम्म मेसिन चले पनि समय–समयमा मर्मतसम्भार गरिरहेका छौँ । तर, यसरी चलाउनु जोखिम निम्त्याउनु हो ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved