विनिताको ज्यानै गयो, सत्या भाग्यले बाँचिन्, के भन्छ महानगर ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 16, 2017 | 09:14:44 AM मा प्रकाशित

laxmi  sunrise bank

युरिका हाइस्कुल, मनमैजुस्थित कक्षा ३ मा अध्ययनरत १० वर्षीया विनिता फुयाँल शुक्रबार अपराह्न विद्यालयबाट नेपालटारस्थित घरमा फर्किन्। त्यसपछि घरबाट करिब १० मिटर टाढा रहेको आफ्नो रेष्टुरेन्टमा खाजा खाना पुगिन्।

विनिताले खाजा खाइरहँदा दर्किन थाल्यो पानी। वर्षा रोकिएपछि उनी रेष्टुरेन्ट घरतर्फ हिँड्नि। ठूलो वर्षा भएकाले सडकमा भेल उर्लिरहेको थियो। पानीले नहरजस्तै बनेको सडकमा रहेको नाली उनले देखिनन्। नालीको भेलले उनलाई बगायो। भेलले चमती खोलामा पुर्‍याएपछि आफ्न्त र प्रहरीले उनको उद्धार गरे।

उपचारका लागि त्रिवि, शिक्षण अस्पताल, पुराइएकी उनको साँझ ६ः३० बजे मृत्यु भयो। अस्पतालले मृत घोषणा गर्‍यो।शुक्रबार अपरान्ह भीषण वर्षा भएका कारण उपत्यकाका अधिकांश सडक जलमग्न थिए, सडकमा भेल उर्लेको थियो।

वृहस्पति विद्या सदन, नक्सालमा पढ्ने सत्या सापकोटा ९१३० गाडीबाट सामखुसी चोकमा ओर्लिन्। सडक जलमग्न देखेपछि अतालिँदै उनी रानीबारीतिर घर जाने भित्री सडकतर्फ लागिन्। नाली थियो बीचमा। पानी उर्लेर बगिरहेको थियो। सत्या त्यहीं नालीमा खसिन्। भेलले उनलाई ह्युम पाइपभित्र पुर्‍यो। धन्न वारिपारिका मान्छेले देखे। दौडिदै गए। उनको उद्धार भयो।

यी नयाँ घट्ना भने होइन। मुलुककै राजधानी सहर काठमाडौंका सडकमा यस्ता घट्ना बारम्बार भइरहन्छन्। यस्ता धेरै घटना बाहिर आउँदैन। थोरैमात्र समाचारका विषय बन्छन्। सत्या पनि

संयोगले समाचारको विषय बनिन्। शुक्रबार सत्यालाई बगाएकै नाली नजिकै घरको चौथो तलाको ब्युटी पार्लरमा थिइन् सुशीला थापामगर। वर्षातले सामखुसीका सडक नदीजस्तै भएपछि सामाजिक सञ्जालमा पोष्ट गर्न उनले भिडियो खिचिरहेकी थिइन्। त्यहीबेला सत्यालाई बगाएको दृश्य भिडियोमा कैद हुन पुग्यो। उक्त भिडियो केहीबेरमै सामाजिक सञ्जाल भाइरल भयो। यसले सबैको ध्यान खिच्यो।

सत्यालाई शारीरीक रुपमा चोटपटक नलागे पनि उनी पूर्ववत अवस्थामा आउन सकेकी छैनन्। ‘चोटपटक त केही छैन्,’ सत्याका काका दीपेन्द्र सापकोटाले भने, ‘तर, सधैंको जस्तो फ्रेस छैनन् उनी। शुक्रबारको घट्नाले उनलाई मानसिक तनाव भइरहेको होला।’ भाग्यले बाँचेकी सत्याको अवस्था सामान्य हुँदै गएको सापकोटाले बताए।

सत्या बगेको स्थानमा शनिबार भेला भएका सुशील अधिकारीले भने, ‘यस्ता घट्ना उपत्यकाका ठाउँठाउँमा बारम्बार हुने गरेका छन्।’ सामाजिक सञ्जालमा सत्याको भिडियो भाइरल भएपछि सामाजिक सञ्जालकै एउटा समूह (एमआरआर ग्रुप) बाट अधिकारीसहितका युवा त्यहाँ भेला भएर सडकको बिग्रदो अवस्थाप्रति विरोध जनाउँदै प्रर्दशन गरेका थिए। प्रदर्शनको नेतृत्व गरिरहेका अधिकारीले अस्तव्यस्त सडकका कारण सर्वसाधारणले भोग्नुपरेको सास्तीतर्फ सरकारको ध्यान केन्द्रित गर्न सडकमा आएको बताए।

यस्ता घटना हुनुमा काठमाडौं महानगरपालिका, सडक विभाग र खानेपानी तथा ढल निकास विभाग दोषी छन्। यसको प्रमुख जिम्मेवार महानगरपालिका देखिन्छ। महानगरपालिकाले सहर र सडक व्यवस्थित नगरेकै कारण यस्ता दुघर्टना भइरहेको जानकार बताउँछन्।

के भन्छ महानगर ?

शुक्रबार दुई बालिका नालीमा खसेर बगिरहँदा काठमाडौं महानगरपालिका भने नीति तथा कार्यक्रम सार्वजनिक गर्दै थियो। आर्थिक वर्ष २०७४र०७५ को नीति तथा कार्यक्रममा उत्कृष्ट महानगरपालिकाको कल्पना गरिएको छ। अब हेर्न बाँकी छ उत्कृष्ट महानगरपालिका काममा कि कागजमा मात्र।

शुक्रबारका दुःखद घटनाबारे शनिबार महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यको फोन नम्बरमा बारम्बार सम्पर्क गर्न खोजियो तर फोन उठेन्। उसो त उनले मिडियाको मात्रै नभएर जनताको पनि फोन नउठाउने गुनासो महानगरवासीबाट आइसकेको छ। जनताको काम गर्न भन्दै जनप्रतिनिधिलाई मोबाइल फोन सेट बाँड्ने निर्णय गरेका मेयर शाक्यले फोन बाँड्न नपाएपछि जनताको फोन उठाउन छोडेको महानगरका एक स्थानीयको आरोप छ।

महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने शुक्रबारको दुघर्टना भएको कारण पत्ता लगाएर मेयर शाक्यले निर्णय गर्ने बताए। ‘अहिले बल्ल त जनप्रतिनिधि आउनुभएको छ,’ प्रवक्ता कार्कीले भने, ‘सडकमा हुने यस्तो जोखिम हटाउन उहाँहरूले काम गर्नुहुनेछ।’

सडक र ढल निकासको उतिकैे कमजोरी

ढलको व्यवस्थित ढल निकास भएको भए यस्ता दुःखद घटना नहुने स्थानीय बताउँछन्। सडक र ढल असरल्ल भएका कारण शुक्रबार दुःखद घट्ना हुनपुगेको हो। घट्ना विवरण हेर्दा सडक विभाग र खानेपानी तथा ढल निकास विभागको पनि कमजोरी देखिन्छ। सडक विभागले उपत्यकाका सडकलाई भत्काएर असरल्ल छोड्दा दुघर्टना भइरहेका छन्। यसबारे बुझ्न खोज्दा सडक विभागका डिजी गोपाल सिग्देलले ुभोलि ९आइतबार० मात्रै फोन गर्नु भने। उनले आफू एक कार्यक्रममा भएको भन्दै फोन राखे।

खानेपानी तथा ढल निकास विभागका सूचना अधिकारी शेखरचन्द्र केसीले काठमाडौंको ढल व्यवस्थित गर्ने निकाय महानगरपालिका र आयोजना कार्यान्वयन निर्देशनालय ९मेलम्ची आयोजना २० भएको बताए। तर, निर्देशनालयका निर्देशक भने ढल निकासको काम आफ्नो जिम्मेवारीमा नपर्ने भन्छन्। ‘मेलम्चीको पानी उपत्यकामा ल्याउने जिम्मेवारीभित्रको काम हाम्रो हो,’ उनले भने, ‘ढल निकाससम्बन्धी जिम्मेवारी त त अहिलेसम्म हामीलाई दिइएको छैन्।’

बेथितिविरुद्ध प्रम

अव्यवस्थित राजधानीका सडक र ढलका कारण बारम्बार दुघर्टना हुन थालेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सरोकारवालाहरूको बैठक बोलाएका छन्। उनले उपत्यकाका सडक र ढल व्यवस्थित गर्न निर्देशन दिन आइतबार बिहान ११ बजेका लागि सरोकारवाला निकायका प्रमुखको बैठक बोलाएका हुन्।  नागरिक दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved