राजापामा विवाद चुलिँदै, नारायणी पश्चिममा हृदयेशको छुट्टै भेला

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 17, 2017 | 08:38:21 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय जनता पार्टी नेपालभित्र विवाद चुर्किंदै गएका बेला नेता हृदयश त्रिपाठीले नारायणी पश्चिमका पाँच जिल्लाका नेता—कार्यकर्ताको अलग बैठक गरेका छन्। भैरहवामा आइतबार भएको बैठकमा नेता त्रिपाठीसहित नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके र बर्दियाका जिल्ला तहका नेता सहभागी थिए।

बैठकका सहभागीहरुले नेतृत्वले राजपालाई दुई नम्बर प्रदेशमा मात्र सीमित गर्न खोजेको हो भन्ने आवाज उठाएका थिए। निर्वाचन आयोगमा दल दर्ता गराउँदा पार्टीभित्र विधान र घोषणापत्रबारे छलफल नभएको भन्दै नेतृत्वको आलोचना गरेका थिए।

‘६ अध्यक्ष मण्डलले निर्वाचन आयोगमा दर्ता गरिएको विधान र घोषणापत्रबारे पार्टीमा कुनै छलफल भएको छैन। ६ जनाको निर्णय पार्टीमा सबैलाई मान्य हुन्छ भन्ने छैन’, राजपा नेता हृदयेश त्रिपाठीले नागरिकन्युजसँग भने, ‘प्रदेश नं. १, ५ र ७ मा दोस्रो चरणको चुनाबको सहभागिताबारे पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्छ। के राजपा भनेको दुई नम्बर प्रदेश मात्र हो?’

संविधान संशोधनको माग राख्दै रजापाले दोस्रो चरणको निर्वाचन बहिष्कारको निर्णय गरेको थियो। लोकतान्त्रिक व्यवस्थामा निर्वाचनबाट भाग्दा राजनीतिक भविष्य समाप्त हुने भन्दै कतिपय ठाउँमा राजपाका स्थानीय नेताले स्वतन्त्र हैसयितमा उम्मेदवारी दिएका थिए। रुपन्देही र कपिलवस्तुका कतिपय ठाउँमा उनीहरु विजयी पनि भएका छन्।

नेता त्रिपाठीले पार्टीभित्र बरिष्ठता नमिल्दा काम गर्न अप्ठ्यारो परेको गुनासो गर्दै आइरहेका बेला आइतबार यस्तो भेला आयोजना गरेका हुन्। ६ पार्टी मिलेर बनेको राजपामा मधेस मुद्दा उठाउने नेताहरुमा त्रिपाठी बरिष्ठमा पर्छन्। ६ जना अध्यक्षमण्डल मध्ये महन्थ ठाकुरको राजनीतिक रुपमा उनीभन्दा बरिष्ठ हुन्। तर लामो समय काँग्रेस राजनीति गरेर ठाकुर पछि मात्र मधेस मुद्दा केन्द्रित राजनीतिमा लागेका हुन्। त्रिपाठीले नागरिकलाई दिएको एक अन्तर्वार्तामा अध्यक्ष मण्डलमा रहेका राजेन्द्र महतो र महेन्द्र राय यादब आफ्ना सहायक र अनिल झा आफ्ना विद्यार्थी भएको त्रिपाठीको भनाइ छ।

राजपाका अध्यक्ष मण्डलका सबै ६ जनै नेताहरु दुई नम्बर प्रदेशका हुन्। विवाद चुलिँदै गएकाे अवस्थामा नारायणी पश्चिमका जिल्लाकाे अलग भेला अायाेजना गरिनुलाइ कतिपयले पार्टी विभाजनकाे संकेतकाे रूपमा लिएका छन् । नागरिक दैनिकमा प्रकाश तिमल्सिनाले खबर लेखेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved