माओवादीमा चुनाव चिह्नबाट हँसिया हथौडा हटाउने बहस सुरु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 19, 2017 | 07:55:59 AM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ माओवादी केन्द्रभित्र चुनाव चिह्न परिवर्तन गर्ने बहसले प्रवेश पाएको छ । नेकपा मालेको चुनाव चिह्न हँसिया–तारा र आफ्नो दलको गोलाकारभित्र हँसिया–हथौडा चिह्न उस्तै उस्तै देखिँदा मतदाता अलमलिएको भन्दै जिल्ला इञ्चार्जहरुले यस्तो माग गरेका हुन् । उनीहरुले चुनाव चिह्नबारे मतदाता शिक्षा प्रभावकारी हुन नसकेको समेत गुनासो गरे ।

‘कम्युनिस्ट पार्टीको चिह्न भएकाले हामीले हँसिया–हथौडा छाड्न त नमिल्ने हो, तर मतपरिणामको अन्तर हेर्दा २५–३० स्थानीय तह चिह्नकै कारण हारेको देखिन आयो,’ पार्टी सचिवालयको विस्तारित बैठकको दोस्रो दिन जिल्ला इञ्चार्जहरुको भनाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘नेकपा मालेले सायद आफ्नो चिह्न छाड्न नमान्ला, त्यसैले हाम्रो चिह्नबारे सोच्ने कि भन्ने बहस उठेको छ ।’

केही जिल्ला इञ्चार्जले भने कम्युनिस्टहरुको अन्तर्राष्ट्रिय चिह्न बदल्दा समर्थकहरुमा झन् नकारात्मक सन्देश जान सक्ने भन्दै बरु पर्याप्त मतदाता शिक्षा दिलाउन पार्टी पंक्ति परिचालित हुनुपर्ने फरक मत पेस गरेको नेता मणि थापाले बताए । कान्तिपुर दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved