कसले गर्‍यो माओवादी केन्द्रको एजेन्डा ‘हाइज्याक’ ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 23, 2017 | 07:51:47 AM मा प्रकाशित

laxmi  sunrise bank

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना एजेन्डामा अरूले दाबी गरेको भन्दै पार्टीपंक्तिलाई चनाखो रहन निर्देशन दिएका छन् । २ साउनदेखि जारी पार्टी सचिवालयको विस्तारित बैठक शनिबार टुंग्याउँदै दाहालले दुई चरणको स्थानीय चुनावको नतिजा हेर्दा त्यस्तो अनुभूति भएको बताएका हुन् ।

‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्वजस्ता उपलब्धि माओवादी लडाइँको उपज हो, तर यसलाई हामीले जनतामा ठीक ढंगले लैजान चुक्दा परिवर्तनका विरोधीहरू हावी भए,’ दाहालले भने, ‘एजेन्डा हाम्रा थिए, अरूले हाइज्याक गरे । अब हामी यत्तिकै बस्ने कि जनतामा जाने ?’ बैठकको अन्तिम दिन दाहालको मुख्य तारो एमाले बनेको थियो । उनले एमाले वामपन्थी पार्टी भन्ने गरे पनि परिवर्तन कमजोर पार्न भूमिका खेलेको आरोप लगाए ।

‘जसले वैदेशिक शक्तिकेन्द्रसित साँठगाँठ गरेर नेपालको परिवर्तन प्रक्रियामाथि निरन्तर आक्रमण गरिरह्यो, आज उही सबभन्दा ठूलो राष्ट्रवादी देखिने विडम्बनापूर्ण अवस्था छ,’ एमाले अध्यक्ष केपी ओलीको नाम नलिई दाहालले भने, ‘एमालेलाई सही ठाउँमा ल्याउन हामीले प्रयास गरेकै हो, सहकार्य पनि गरेको हो । राजनीतिक शक्तिसन्तुलन र संविधान कार्यान्वयनका लागि अझै पनि एमालेलाई सच्चिन उत्प्रेरित गर्नुको विकल्प छैन ।’

माओवादी केन्द्रका निर्णय

  • अन्तर्घात छानबिन गर्न प्रदेशस्तरीय समिति
  • थापालाई उम्मेदवार छनोटको नेतृत्व
  • प्रदेश र संघको चुनावी एजेन्डा तय गर्ने जिम्मा श्रेष्ठलाई
  • बाबुराम, वैद्य र नेत्रविक्रमसँग एकता प्रस्ताव लैजाने

बैठक स्रोतका अनुसार दाहालले माओवादीभित्र कल्पनै गर्न नसकिने स्तरमा गुटबन्दी र अन्तर्घात मौलाएको भन्दै अब त्यसविरुद्ध अघि बढ्ने घोषणा गरे । उनले स्थानीय चुनावका क्रममा भएका अन्तर्घातको एक–एक छानबिन गरिने बताए । माओवादीले हरेक प्रदेशका अन्तर्घात छानबिन गर्न केन्द्रीय नेतासमेत रहेको तीन–तीन सदस्यीय कमिटी बनाउने भएको छ । कान्तिपुरमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved