केन्द्रिय समितिको बैठकमा देउवाको आलोचना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 23, 2017 | 08:40:53 AM मा प्रकाशित

laxmi  sunrise bank

कांग्रेसले पहिलो र दोस्रो चरणको निर्वाचनको परिणाम समीक्षासँगै प्रदेश २ का लागि निर्वाचन रणनीतिमा ध्यान केन्द्रित गरेको छ । केन्द्रीय कार्यालय सानेपामा शनिबारदेखि केन्द्रीय सदस्यहरू २ असोजमा हुने प्रदेश २ को स्थानीय तह निर्वाचन रणनीतिमा जुटेका हुन् ।

तीन दिनसम्म चल्ने केन्द्रीय समितिको बैठकको सुरुवातमै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलेका थिए ।

बैठकमा बोल्दै सभापति देउवाले पार्टीभित्रको आन्तरिक गुटबन्दीले दुई चरणको स्थानीय तहको निर्वाचनमा पार्टी दोस्रो भएको भन्दै प्रदेश २ को निर्वाचनमा पार्टी एक ढिक्का भएर अगाडि बढ्नुपर्ने बताए । तेस्रो चरणको निर्वाचनमा पार्टी पहिलो पार्टीका रूपमा स्थापित हुने गरी रणनीति बनाउनुपर्नेमा समेत उनले जोड दिए । उनले २ असोजमा हुने निर्वाचनका लागि जिल्लाबाट उम्मेदवार चयन गर्न भन्दै जिल्लाको निर्णयलाई केन्द्रले हस्तक्षेप गर्न नहुने बताएका थिए ।

बैठकमा बोल्दै कांग्रेसका वरिष्ठ नेता पौडेलले पार्टी एक ढिक्का नभएकै कारण स्थानीय तहको निर्वाचनमा पहिलो हुन नसकेको बताए । ‘हामी नै एक ढिक्का भएनौं अनि कसरी स्थानीय चुनावमा पहिलो हुन सक्छौं रु’ प्रश्न गर्दै पौडेलले भने, ‘अझै पनि केही बिग्रेको छैन, हामीले हाम्रो स्थिति सम्हाल्नु छ । यदि स्थिति सम्हाल्न सकेनौं भने पार्टी झन् तल झर्छ ।’

बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले पार्टी नेतृत्व पंक्तिको गल्ती र कार्यकर्ता तथा स्थानीय नेतृत्वको अन्तर्घातकै कारण पार्टी दोस्रो भएको बताएका थिए । उनीहरूले पार्टीलाई जीवन्त बनाउन नयाँ कार्यक्रमहरू ल्याउन जरुरी रहेको बताएका थिए ।

केन्द्रीय सदस्यहरूले उनीहरूले पार्टीलाई पु¥याएको योगदानको मूल्यांकन नगरी नेतृत्वको निकटमा रहेकालाई टिकट वितरण गरिएको भन्दै नेतृत्वको आलोचना गरेका थिए । पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा खटिएका केन्द्रीय सदस्यहरूबाट टिकट वितरण, संगठन परिचालनलगायत निर्वाचनमा भएका कमीकजोरीबारे बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ ।

सरकार गठनको भएको डेढ महिना हुँदा समेत मन्त्रिपरिषद् विस्तार हुन नसकेको भन्दै प्रधानमन्त्री तथा सभापति देउवाको आलोचना भएको बैठकमा सहभागी एक नेताले बताए । बैठकमा केन्द्रीय सदस्यहरूले विचार राख्ने क्रम सकिएपछि सभापति देउवाले उठेका प्रश्नको जवाफ दिने बताइएको छ । राजधानीमा  खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved