राजपालाई घर दाइजो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 24, 2017 | 08:16:33 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी सम्पत्तिको दुरुपयोग कुन हदसम्म हुन्छ भन्ने थाहा पाउन मधेशी निजामती कर्मचारी मञ्चको व्यवहार हेरे थाहा हुन्छ । मञ्चलाई सरकारले निशुल्क जग्गा दिएको थियो संगठनको भवन बनाउनको लागि । त्यसी सरकारी सम्पत्तिमा बनाएको भवन अहिले मञ्चले आफू आवद्ध राजनीतिक दल राजपाको केन्द्रिय कार्यालयका लागि दिँदैछ भन्ने खबर छ ।

बबरमहलस्थित सरकारी जग्गामा रहेको मञ्चको घर साँढे २ तल्लाको छ । त्यसमा रहेको १० वटा कोठामध्ये ८ वटा कोठा राजपाले प्रयोग गर्नेछ । माथिल्लो  तलाको बाँकी दुई कोठामा भने मञ्च आफैले कार्यालय राख्नेछ ।

व्यापारिक प्रयोजनको लागि समेत प्रयोग गर्न नपाइने सरकारी जग्गाको भवन राजनीतिक दललाई प्रयोग गर्न दिन हुने कि नहुने विवाद सुरु भएको छ । त्यसमाथि उक्त भवन राजपालाई निशुल्क दिएको छ । साँघु साप्ताहिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved