'राष्ट्र बैंकका ज्वाँई ! जसलाई कानुनले छुदैन'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 25, 2017 | 08:23:19 AM मा प्रकाशित

laxmi sunrise bank

बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन (बाफिया) राष्ट्रपतिबाट प्रमाणीकरण भएर लागू भएको पनि ३ महिना बितिसकेको छ । प्रमाणीकरण भएसँगै बाफिया कार्यान्वयनमा गएको थियो । बैंक तथा वित्तीय संस्थाहरुले बैंकिङ कारोबार गर्दा बाफिया ऐनमा टेकेर गर्नुपर्ने हो ।

यो ऐन कार्यान्वयन भएसँगै सांसद तथा संवैधानिक निकायमा बसेका ब्याक्तिहरु बैंकको सञ्चालक समितिमा बस्न नपाइने व्यवस्था गरेपछि प्रायः सबै सञ्चालकहरुले आ आफ्नो पदबाट राजिनामा दिने चर्चित सांसदहरुमा उदयमान नेपाली जनता बैंक, इच्छाराज तामाङ सिभिल बैंक, वीरेन्द्र महतो माछापुच्छ्रे बैंक र उमेश श्रेष्ट प्राइम रहेका थिए । यी सांसदहरुले बापिया आफू अनुकूल बनाउन निकै प्रयत्न गरेको भएतापनि नास्तरबाठ व्यापक बिरोध आएपछि आफ्नो अभियानमा असफल भएका थिए । त्यसपछि, बैंकको अध्यक्ष र सञ्चालक दबाट राजिनामा दिएर अलग भएका थिए ।

तर, केही सांसदहरु भने अझै पनि ऐनलाई लत्याएर संचालक समितिमा बसेका छन् । उनीहरुलाई राष्ट्र बैंकले ज्वाईं जत्तिकै सम्मान गरेर राखेको थाहा भएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनलाई लत्याएर संचलकपदमा जबर्जस्ती बसिरहने लोभीपापी सांसदहरुमा खुमबहादुर खड्काको कोटाबाट मन्त्री बन्ने लाइनमा रहेका नेपाली कांग्रेसका सांसद मोेहनबहादुर बस्नेत एनसीसी बैंक र जानकी फाइनान्सका सञ्चालक दिनेश साह रहेको थाहा भएको छ । यो गुनासो राष्ट्र बैंकमा पुगेपनि कानून कार्यान्वयनमा जिम्मेवारी पाएको केन्द्रिय बैंक कानमा तेल हालेर बसेको छ । साँघु साप्ताहिकमा खबर छ ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved