माओवादी केन्द्रमा मन्त्री बन्न नपाएपछि पीडा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 29, 2017 | 10:21:18 AM मा प्रकाशित

कांग्रेसमा मात्र होइन, माओवादी केन्द्रमा पनि मन्त्री बन्न नपाएपछि पीडा सुनाउने नेताको कमी छैन । ‘विडम्बना नै भन्नुपर्छ, यो देशमा नेपाली पोसाक लगाउनेलाई फाल्ने र चप्पल लाउनेलाई शपथ खुवाउने परम्पराको सुरुवात भयो’, माओवादी केन्द्रकी सचेतक सीता नेपालीले भनिन्, ‘यसपटक तपाईं मन्त्री भन्दै पार्टी अध्यक्षलगायत सबैले बधाई दिनुभयो तर अन्तिममा सकिएन भन्दै नाम काटियो ।’

एक महिनासम्म उनलाई महिला, बालबालिका तथा समाजकल्याणमन्त्रीका रूपमा उचाल्ने काम मात्र भएको उनीनिकट नेता बताउँछन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको अघिल्लो सरकारमै पनि मन्त्री बन्ने भन्दै चर्चामा रहेकी नेपाली यसपटक भने ढुक्क थिइन् । ‘मन्त्री भन्दै पार्टीले मलाई प्रचारमा ल्यायो’, उनले भनिन्, ‘बुधबार बिहान मात्रै पनि महिला सांसद समितिको बैठकमा अधिकांशले बधाई तथा शुभकामना दिनुभयो ।

म पनि होला त भन्दै ढुक्कै थिएँ तर अन्तिम समयमा पार्टी अध्यक्षको भनाइ भन्दै सचिवालय सदस्य हितराज पाण्डेले तपार्इंलाई मन्त्री बनाउन सकिएन भन्दै फोन गर्नुभयो ।’ अन्नपूर्ण पोस्टमा खबर छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved