दसैँसम्ममा डेढ लाख भूकम्प पीडितले नयाँ घर बनाइसक्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 30, 2017 | 07:43:01 AM मा प्रकाशित

laxmi  sunrise bank

भूकम्पका कारण घर भत्केका तर विभिन्न कारणले सर्वेक्षणमा नाम छुटेका पीडितको गुनासो सम्बोधन गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले यसै महिनाको अन्तिमदेखि सर्वेक्षणका लागि इन्जिनियर लगायतका प्राविधिकलाई खटाउनेभएको छ ।
विभिन्न जिल्लाबाट प्राप्त यस्ता गुनासा सम्बोधनका लागि साउन महिनाको अन्तिम सातादेखि प्राधिकरणले करिब तीन सय प्राविधिक तथा इन्जिनियरलाई खटाउने तयारी गरेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताउनुभयो ।
भूकम्पका कारण प्रभावित जिल्लामध्ये बढी गुनासा आएका स्थानमा सर्वेक्षण गर्न प्राधिकरण आफैले प्राविधिक खटाउन लागेको हो ।  यसरी खटिने प्राविधिले डेढ महिनामा त्यस्ता पीडितको सर्वेक्षण गरिसक्ने प्राधिकरणले जानकारी दिएको छ ।
त्यसका लागि प्राधिकरणले विभिन्न जिल्लामा खटिएका कर्मचारीलाई तालिम दिइसकेको छ भने उहाँहरूले स्थलगत रूपमा खटिने इन्जिनियरलाई तालिमसहित गाउँ गाउँमा जान सहजीकरण गर्ने बताइएको छ ।
त्यस्तै कतिपय स्थानमा निर्माणाधीन घरको सुपरीवेक्षण र पीडितले आफ्नै प्रयासमा बनाइसकेका घर सरकारले तोकिदिएको मापदण्डअनुसारको भूकम्प प्रतिरोधी भए नभएको प्रमाणित गर्ने काम प्राविधिकले समयमा नगरिदिएको गुनासो पनि प्राधिकरणमा थुप्रिएका छन् ।  त्यसरी बनाएका घरलाई भूकम्प प्रतिरोधी बनाउन थप सुधार गर्नुपर्ने भएमा त्यो समेत गर्न लगाई एकमुष्ठ तीन लाख रुपियाँ उपलब्ध गराउने प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणले त्यसका लागि  बनेका घरका ‘करेक्सन म्यानुअल’ बनाएर त्यसअनुसार काम गर्न प्राविधिकलाई निर्देशन भएको प्रवक्ता भूषालले बताउनुभयो ।  प्राधिकरणका अनुसार हालसम्म ४५ हजार २३५ जनाले निजी आवास निर्माण सम्पन्न गरिसकेको छन् ।
प्राधिकरणको तथ्याङ्कअनुसार हालसम्म १४ जिल्लामा एक लाख १४ हजारभन्दा बढी घर निर्माण भइरहेका छन् भने प्रक्रियागत रूपमा घर निर्माण गरेर तेस्रो किस्ताको माग गर्नेको सङ्ख्या सात हजार ८ सयभन्दा बढी छ ।  प्राधिकरणले आगामी दसैँसम्ममा करिब डेढ लाख भूकम्पपीडितले नयाँ घर बनाएर प्रवेश गर्ने देखिएको जनाएको छ । गोरखापत्रमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved