नेपालका अधिकांश राजनीतिक दलभित्र नेताबीच पदीय विवाद छ ।पार्टी शिर्ष नेतृत्वमा विवाद नभए पनि त्यसपछिको नेता को भन्नेमा भने सबैजसो दलमा हानथाप छ ।
मुख्य नेतापछि को भन्नेमा नेताबीच देखिएको टसल का कारण कतिपय अवस्थामा दलका बैठक प्रभावित हुने गरेको छ ।
आन्तरिक रुपमा नेताहरुको बरियता निर्धारण गर्न नसक्दा कांगे्रस माओवादीदेखि राष्ट्रिय जनता पार्टी राजपा र नयाँ शक्तिसम्ममा विवाद देखिएको छ ।
एमालेले भने यो विषय पदीय हैसियतअनुसार नै टुंगो लगाएका कारण विवाद त्यति सुन्नमा आएको छैन ।गत शुक्रबार माओवादी केन्द्रको कार्यालय बैठकमा यो विषयले औपचारिक प्रवेश पयो । अन्नपुर्ण पोष्टमा खबर छ ।