राजपाले भारतीय राजदुत समक्ष यसरी पोख्यो आफ्नो दुखेसो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 02, 2017 | 07:47:55 AM मा प्रकाशित

laxmi sunrise bank

भारतीय राजदूत मन्जिभ सिंह पुरीले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई चुनावमा जान सल्लाह दिएका छन् । ‘तपार्इंहरू चुनावमा जानुहोस् । माग पूरा गराउन पनि चुनावमा सहभागी हुुनु अत्यावश्क छ । वर्तमान सरकारले तपाईंहरूका माग पूरा गराउने विश्वास हामीले लिएका छौं’, राजदूत पुरीको सुझाव छ ।

लैनचौरस्थित भारतीय दूतावासमा राजपा अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, महेन्द्रराय यादव, शरत्सिंह भण्डारी र अनिल झासँगको मंगलबार बिहानको ब्रेक फास्ट वार्तामा राजदूत पुरीले यस्तो सुझाव दिएका हुन् ।

असोज २ मा हुने तेस्रो चरणको स्थानीय चुनावमा केन्द्रित बैठकमा राजपाका नेताले संविधान संशोधन, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणलगायत आफ्ना तीनबुँदे माग कांग्रेस-माओवादीको गठबन्धन सरकारले पूरा नगरेको दुखेको गरेको स्रोतको दाबी छ ।
राजपा नेताले गठबन्धनबाट प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल र शेरबहादुर देउवाले मधेसका माग पूरा गर्ने भन्दै आफूहरूलाई झुक्याएको धारणा व्यक्त गरेका थिए ।

राजदूत पुरीसँग केन्द्र (संसद्) र प्रदेश चुनावबारे पनि छलफल भएको थियो । राजपाका नेताहरूले संविधान संशोधनविना आफूहरू चुनावमा जान सक्ने वातावरण नै हुन नसक्ने तर्क गरेका थिए ।
ब्रेक फास्टमा सहभागी राजपाका पाँचै नेताले पुरीसँग समसामयिक राजनीतिक विषयमा परामर्श गरेको जानकारी राजपाका महासचिव केशव झाले दिए ।

संशोधनको विषय निर्णयार्थ पेस भएर आउने परिणामप्रति पुरीले जिज्ञासा राख्दा राजपाका नेताले सरकारले माग पूरा गर्ने मात्रै भन्ने तर कार्यान्वयनमा नलैजाने भन्दै माग पूरा नहुँदा चुनावमा जान नसक्नेतर्फ विचार गरिदिन राजदूतसँग आग्रह गरेका थिए ।

राजपा अध्यक्ष ठाकुरले वार्तामा सरकार निर्माणमा दुईतिहाइ पुर्‍याउन प्रयास गर्ने नेतृत्वले संशोधनमा किन नगरेको प्रश्न गर्दै सरकारका लागि मधेस र मधेसी मुख्य एजेन्डा नभएको जिकिर गरेका थिए ।
‘संशोधन विधेयक पास गराउने दायित्व सरकारको हो । संशोधन भएन भने हामी चुनावमा जान सक्दैनौं’, राजपाका अध्यक्ष ठाकुरले बैठकमा धारणा व्यक्त गरेको एक सदस्यले जानकारी दिए ।
मुद्दा फिर्ता, बन्दी रिहाइ, क्षतिपूर्तिलगायत माग पूरा गरी निर्वाचनमा जान वातावरण तयार पार्न सरकारले कुनै काम नगरेको दुखेको राजपा नेताले राजदूतसमक्ष दुखेसो गरेका थिए । अन्नपूर्ण पोस्टमा खबर छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved