छिमेकी भारतले प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका सम्बन्धमा मधेसको असन्तुष्ट पक्ष राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का नेताहरुसंग छलफल गरेको छ ।
नेपालका लागि भारतका राजदुत मञ्जीवसिंह पुरीले राजपाका नेताहरुलाई मंगलबार दुतावासमा बोलाएर प्रधानमन्त्री देउवाको भारत भ्रमणको बारेमा धारणा माग्नुभएको स्रोतले बतायो । नेपाल समाचारपत्रमा खबर छ ।