शेष घलेमाथि लाग्यो अर्काको सम्पती खाइदिएको आरोप

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 02, 2017 | 09:42:23 AM मा प्रकाशित

laxmi  sunrise bank

एउटा राणा खानदान जसको सिंगो परिवारमाथि लगभग दुई सय थान मुद्द छ । त्यही परिवार फेरि उउटा मुद्दा थप्दै अदालत पुगेको छ । जिल्ला अदालत काठमाडौंमा अष्ट्रेलियाकै धनाढ्यनाध्यका एनआरएन अध्यक्ष शेष घलेविरुद्ध मुद्दा हाल्दै उनीहरु कानुनी लडाइमा उत्रेको श्रेस्तेदारले बताए ।

स्रोतका अनुसार लोकभक्त राणा स–परिवार शेष घलेको दरबारमार्गमा निर्माणाभीन पाँचतारे होटल परियोजनालाई सखाप पार्ने उदेश्य सहित न्ययलय पुगेका हुन् । यसरी घलेको निन्द्रा बिगार्दै अदालत पुगेका पुग्नेहरुमा लोकभक्तसहित उनकी मेधावी छोरी, २०५१ सालकी एसएलसी बोर्ड टपर अभिवक्त गरिमा राणा, अर्की छोरी ओजश्वी र श्रीमती कविता छन् ।

नारायणहिटी दरबारको अगाडीपट्टि समाजकल्याण परिषद् को छेवैमा अग्लो होटल बन्दै छ । यो मुद्दा त्यही होटल बनेको जग्गासँग सम्बन्धित छ । ०६५ साल वैशाख २२ गते एमआईटी होल्डिङको नाममा घलेले ६५१६–२० वर्गपमटर क्षेत्रफल बराबर हुने गरी १२ रोपनी, १२ आना, ३ पैसा ३ दाम जग्गा किनेका थिए ।

उनले जग्गा एकीकृत गर्ने क्रममा खरिद गरेका २४४४, २४४४६, २४६१ लगायत कित्ता नम्बरहरुलाई २४६३ कित्ता नम्बर हुने गरी एउटै बनाए । अहिले कित्ता नम्बर २५६३ को कूल क्षेत्रफल उनले राणा परिवारबाट खरिद गरेभन्दा २१५.३३ वर्गकिलोमिटर र ६ आना ३ पैसा १ दाम जग्गा बढी रहेको छ ।  जनआस्था साप्ताहिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved