गृहमन्त्री पुत्रलाई गाडी टक्र्याउँदैमा प्रहरीलाई हैरानी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 02, 2017 | 09:44:27 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले पनि होइन, मातहतको एउटा निकायले मन्त्रीलाई व्यक्तिगत कामका लागि सहजता पुगोस् भनी दिएको गाडीले प्रहरीमा रुवाबासी चलेको छ ।

कहिलेकाँही झण्डा नभएको गाडीमा हिँडडुल गर्नुपर्दा सजिलो होस् भन्नलाई प्रहरी प्रधान कार्यालयले गृहमन्त्री जनार्दन शर्मालाई उपलब्ध गराएको नीलो रंग, फूल अप्सनको स्कोर्पियो गाडी अहिले प्रहरीकै लागि घाँडो बनेको हो । अस्ति सोमबार गृहमन्त्रीका छोराले घुमफिरका लागि लिएर हिँडेको गाडी बाटैमा बिग्रँदा, बिग्रेकै ठाउँ गाडी बनाउनुपर्दा, सट्टामा अर्को गाडी पुर्याउनुपर्दा र त्यो गाडी पनि ठीक छैन भनेर फेरी अर्को गाडी टल्काएर पुर्याइदिनुपर्दा पुलिस हेडक्वार्टरस्थित मोटर ट्रान्सर्पोटेशन महाशाखा (एमटी) का प्राविधिकहरु हैरानीमा परेका हुन् ।

धादिङको नौबिसेमा गृहमन्त्रीपुत्रले बिहानै बिगारे । चालकसहित हिँडेका उनी सवार गाडी बिग्रिएपछि हेडक्वार्टरमा खबर भयो । त्यहाँबाट चार जना मेकानिक नौबिसे पुगे । गाडीको क्लच प्लेट खत्तम भएको रहेछ । गृहमन्त्रीका छोराको यात्रा नबिग्रियोस् भनेर प्रहरीले स्यान्त्रो गाडी पठायो । स्कोर्पियोचाहिँ राति अबेरसम्म बनाएर ठीक भएको छ । तर, सट्टामा दिइएको स्यान्त्रो पनि राम्रो नभएको भन्दै फिर्ता गरेका छन् ।

त्यसको सट्टामा पनि प्रहरीले अर्को गाडी दिइसकेको छ । फुल अप्सनका स्कोर्पियो गाडी खासमा प्रहरीका डिआइजीहरुलाई चढ्नको लागि व्यवस्था गरिएको हो । जनआस्था साप्ताहिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved