कसैले त जे गर्दा नि हुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 02, 2017 | 09:49:46 AM मा प्रकाशित

laxmi bank

जनताको प्रत्यक्ष लगानी, भावना र सरोकारसँग जोडिएका अधिकांश निकायले लेखापरीक्षण नगराएको तथ्य फेला परेको छ । नागरिक लगानी कोषकै कुरा गरौं, यसले ७४ अर्बको कारोबार गर्छ तर ५/६ वर्षदेखि लेखा परीक्षण नै गराएको छैन ।

सिंहदरबार अगाडि नै रहेका बिमा समिति, बिमा संस्थानहरूले पनि लेखा परीक्षण नगराएको खुल्न आएको छ । यस्ता संस्थान वा कम्पनीले ०६५ सालदेखि अडिट गराएका छैनन् भने गुठी संस्थानले त ०५१ सालदेखिको रिपोर्ट नै पेश गरेको छैन । खाद्य संस्थान, पर्यटन बोर्ड, पशुपति क्षेत्र विकास कोष, पाटन र वीर अस्पताल, नागरिक उड्डयन प्राधिकरण गरी ३ हजार वटा इकाइले अडिट नै नगरे पनि ‘राम भरोसा’ मा यो देश चलिरहेको रहेछ । यसमा सबैभन्दा रोचक त सबैलाई अडिट, नियम, ऐन, कानुन, इमानदारी, सदाचारी, आर्थिक तथा वित्तीय पारदर्शिता आदि सिकाउने, बुझाउने र सम्झाउने त्रिभुवन विश्वविद्यालयले समेत अडिट गराएको रहेनछ ।

बिमा संस्थानले तामाकोशीमा अर्बाैंको लगानी गरेको छ । यदि लगानी डुब्यो भने त्यसको हिसाब कसले निकाल्ने ? यो समस्या धेरैमा देखिएको छ । विदेशबाट आएका रकमको हिसाब राख्नुपर्ने, कुन संस्थाले कहाँबाट कति पैसा ल्यायो र केमा खर्च ग¥यो भनेर सबै रेकर्ड राख्नुपर्ने, त्यसरी विदेशी सहयोग ल्याउन स्वीकृति दिने निकाय समाजकल्याण परिषद्को समेत अडिट नहुँदा धेरै ठूलो आर्थिक चलखेल हुने गरेको आशंका छ । महालेखा परीक्षकको कार्यालयले ती सबै निकायलाई तुरुन्त अडिट पूरा गर्न आदेश दिएको बुझिएको छ ।

यसैबीच, अस्ति आइतबारदेखि काठमाडौं उपत्यकाका ३ जिल्लासहित विभिन्न १३ वटा जिल्लामा लेखा परीक्षकहरूको टोली डोर खटेको छ । पश्चिम पहाडका जिल्लासहित पूर्वका भोजपुरमा यस्तो टोली खटेर गएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । यसबीच, कतिपय चार्टर्ड एकाउन्टेन्टहरूले सरकारमा रेकर्ड दर्ता नै नगरी मारवाडी, व्यापारीको अडिट गर्दै आएको समेत खुलासा भएको छ । क्यापिटल मार्केट, बुटवल धागोजस्ता कम्पनीको एउटा फार्मले ८/१० वर्षदेखि अडिट गरे पनि सरकारबाट स्वीकृति लिएको छैन । जनअास्था साप्ताहिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved