विप्लवको बबाल निर्णय, एमालेसँग अघोषित मोर्चाबन्दी !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 02, 2017 | 09:51:41 AM मा प्रकाशित

laxmi  sunrise bank

हालै विप्लव नेतृत्वको माओवादी कम्युनिष्ट पार्टीले गरेको रोचक निर्णय फेला परेका छन् । उनी पहिले आवद्ध मूल पार्टी माओवादी केन्द्रको केन्द्रीय कमिटी नै ४५ सय जनाको छ ।
तर, विप्लवतिर भने तीनवटा तह स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय कमिटी गरी जम्मा ६१ सदस्य छन् । त्यही समितिको पूर्ण बैठक गत साता बस्दा के निश्कर्ष निकालियो भने, ‘हामीले अवैधानिक बाटोबाट राष्ट्रवादी धारको एजेन्डा अगाडि बढायौं । त्यही काम एमालेले वैधानिक ढंगले गर्‍यो । हामीबीच राष्ट्रवादको एजेण्डामा अघोषित मोर्चाबन्दीजस्तो देखियो । जसको फाइदा एमालेलाई भयो ।’

उनीहरुले संसदीय धाराकाे प्रतिनिधिका रुपमा एमाले र गैरसंसदीय लाइनको मूल वाहक आफू भएको निश्कर्ष निकालेका थिए । हुन पनि फिल्डमा केसमेत देखियो भने चुनावी अभियानताका विप्लवका कार्यकर्ता कालिकोटलगायत जिल्लातिर पक्राउ खाँदा एमालेनिकट वकिल, पत्रकार र मानवअधिकारकर्मीले उनीहरुलाई रिहा गराउन भूमिका खेले ।

प्रचण्डको पार्टी अर्को निर्वाचनसम्म झनै ओरालो लाग्ने अनुमान पनि सो बैठकले गरेको सहभागी स्रोतले बतायो । उनीहरुको तर्क के थियो भने एमाले जस्तै पार्टी बनाउने हो भने त एमाले नै छँदै छ नि, एउटा म्यानमा दुईवटा तरबार किन चाहियो ? बैठकमा थवाङको हारका कारणबारे पनि अनौपचारिक छलफल चल्यो । भएको के रहेछ भने स्थानीय कमिटीले पार्टी निर्णयविपरित स्वतन्त्र हैसियतमा भाग लिने निर्णय गर्‍यो । पछि जिल्ला सेक्रेटरीले वक्तव्य निकालेर आफ्नो पार्टीको उम्मेदवार होइन भने ।

तर, त्यति हुँदा पनि १३२ मतले हार भएको थियो । जिल्लाले वक्तव्य जारी नगरेको भए सहज जित हुने रहेछ । जनआस्था साप्ताहिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved