स्वाइन फ्लु संक्रमण तीव्र, ६ को मृत्यु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 04, 2017 | 08:14:47 AM मा प्रकाशित

laxmi  sunrise bank

बुंगुरबाट मानिसमा सर्ने स्वाइनफ्लुबाट पोखरा र झापामा गरी तीनजनाको मृत्यु भएको छ । अन्य केही बिरामी परेका छन् । विरामीको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको र संख्या भने यकिन नभएको जनस्वास्थ्य कार्यालय कास्कीले जनाएको छ ।

कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक याम बरालका अनुसार बुधवारसम्म पोखराका २९ वर्षीय एक पुरुष र ३६ र ४८ वर्षका दुई महिलाको मृत्यु भएको छ । बुधवारसम्म देशैभर ८३ जनालाई स्वाइनफ्लु देखिएकोमा ६ जनाको मृत्यु भएकोमा पोखराका मात्रै तीनजना रहेको जानकारी केन्द्रबाट आएको उनले बताए ।

‘अहिले पनि केही बिरामी पोखराका क्षेत्रीय, मनिपाल र गण्डकी शिक्षण अस्पतालमा उपचार गराइरहेका छन,’ उनले भने, ‘केही बिरामीको पीसीआर परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाइएको छ । रिपोर्ट आएपछि कतिलाई स्वाइनफ्लु लागेको भन्ने यकिन हुन्छ ।’ स्वाइनफ्लुको पुष्टी नभएसम्म उपचाररत बिरामीको संख्या भने बताउन नमिल्ने उनले बताए ।
स्वाइनफ्लु देखिएपछि महानगरमा चार स्वास्थ्यकर्मीको टीम खटाइएको छ । टीमले सचेतनामुलक माइकिङ, पर्चा, पम्प्लेटिङ तथा स्थानीय संचारमाध्ययममा सन्देश प्रकाशन र प्रसारण गर्नेछ । रुघाखोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने, नाकबाट सिंगान आईरहने भएमा सचेतना अपनाउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । बच्चामा पखाला पनि लाग्न सक्छ । ‘सामान्य रुघाखोकी लाग्दैमा आत्तिनु पर्दैन,’ क्षेत्रीय स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक रामरिझन यादवले भने, ‘आराम गर्ने, भीडभाडमा नजाने, तातोपानी, झोलिलो र पोसिलो चिज खानुपर्छ ।’ च्याप्दै गएमा स्वास्थ्य संस्थामा गएर जचाउनुपर्ने भन्दै उनले मान्छेबाट मान्छेमा सर्न थालेमा जोखिम हुने तर अहिले त्यो अवस्था नआएको बताए ।

५ जनामा संक्रमणपछि स्थानीयमा त्रास

स्याङ्जाको वालिङ १४ का ४९ वर्षीय खुमप्रकाश अर्यालले आफूलाई सामान्य रुघाखोकी लागेको ठान्दै सामान्य औषधी सेवन गरेका थिए । रोग पत्ता नलाग्दा एकथरि रोग र अर्कोथरि औषधी भएपछि उनी गम्भिर विरामी हुन पुगे । पोखरामा लामो समय उपचार गरेपछि उनलाई काठमाडौं लगियो । काठमाडौंमा पनि रोग पत्ता नलाग्दै उनको मृत्यु भयो । कसैले दम, कसैले ब्लडप्रेसर बढेको र कसैले हृदयघातका कारण मृत्यु भएको हल्ला चलाए । साउन ९ मा दिवंगत अर्यालको मृत्युको कारण तीन दिनपछिमात्रै स्वाइनफ्लुबाट भएको पुष्टि भयो ।
उनी सुरूमा जँचाउन वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा आएका थिए । अहिले पनि वर्षाको भाइरल ठानेर रुघाखोकीको उपचारका लागि केन्द्रमा आउने विरामीको उतिकै चाप छ ।

अर्यालको मृत्यु स्वाइनफ्लुले भएको पुष्टिपछि स्थलगत परीक्षण गर्न काठमाडौंबाट चिकित्सकको गत  शुक्रबार वालिङ आएको थियो । महामारी तथा सरुवा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेसहितको टोलीले शनिवार केन्द्रमा उपचारार्थ आएमध्येका २० जनाको रगत र खकार जाँचका लागि राजधानी पठाएको थियो । त्यसमध्ये पाँच जनामा स्वाइनफ्लुको संक्रमण रहेको पुष्टिपछि वालिङका नगरवासीमा एक प्रकारको त्रास बढेको छ ।

वालिङ र आसपासका क्षेत्रमा सिजनल इन्फुलुएन्जाका बिरामी अरु पनि हुनसक्ने भन्दै स्थानीय डराएका हुन् । गाउँ र टोल–टोलमा शिविर राखेर विरामीको स्वास्थ्य परीक्षण र उपचार गरिनुपर्ने माग स्थानीयको छ । कान्तिपुरमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved