अमेरिकाले दियो नेपाललाई यस्तो चेतावनी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 07, 2017 | 08:32:43 AM मा प्रकाशित

laxmi  sunrise bank

स्थानीय तह निर्वाचनमा अनुगमन गर्ने अनुमति नपाएकोमा आक्रोशित अमेरिकी दूतावासले आर्थिक सहायता रोक्ने चेतावनीपूर्ण ‘नोट’ दिएको खुलेको छ । सरकार र निर्वाचन आयोगको नीतिलाई अमेरिकी दूतावासले अपारदर्शी र खेदजनक भनेको छ । ‘अहिले जुन उदाहरण तयार पार्न खोजिएको छ त्यसबाट नेपाल सरकारको अपारदर्शी र खेदजनक नियत छ भन्ने सोच्न दूतावास बाध्य छ । र, यस्तो नियतले नेपाललाई सहयोग गर्ने हाम्रो क्षमतामा नकारात्मक प्रभाव पार्नेछ,’ दूतावासको नोटमा भनिएको छ ।

स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा कूटनीतिक नियोगलाई काठमाडांै उपत्यकाबाहिर अनुगमन गर्न नदिने निर्णय खेदजनक रहेकाले आफूहरू निराश भएको उल्लेख गरेर ५ मे २०१७ मा मन्त्रालयलाई ‘नोट’ दर्ता गराएको हो । निर्वाचन आयोगले अन्तर्राष्ट्रिय प्रचलन र नेपालको यसअघिको अभ्यासविपरीत कूटनीतिक नियोगलाई निर्वाचनको अनुगमन गर्न नदिएको दूतावासको दाबी छ ।

दूतावासले अमेरिकी जनताले तिरेको करमार्फत नेपाल सरकारलाई ७० वर्षदेखि सहायता गर्दै आएकाले त्यसको प्रयोग र प्रभावबारे अनुगमन गर्नु आफ्नो आधारभूत दायित्व भएको दाबी गरेको छ । स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा आयोगले कूटनीतिक नियोगका पदाधिकारीले एकदिने अवलोकन गर्न पाउने व्यवस्था गरेको थियो । पहिलो चरणमा काठमाडौं उपत्यकामा र दोस्रो चरणमा विराटनगर, धनकुटा, बुटवल, नेपालगन्ज र डडेल्धुराका निश्चित मतदान केन्द्रमा अवलकोन गर्न पाउने व्यवस्था गरेको थियो । दोस्रो चरणमा जापान र स्विट्जरल्यान्डका पर्यवेक्षकले विराटनगरमा अवलोकन गरेका थिए । आगामी २ असोजमा हुने तेस्रो चरणको निर्वाचनमा पनि कूटनीतिक नियोग र विदेशी पर्यवेक्षकलाई पर्यवेक्षणका लागि स्वीकृत नदिने आयोगले बताउँदै आएको छ ।

आगामी निर्वाचन अवलोकन गर्न दिन युरोपियन युनियनको आग्रह

युरोपियन युनियनले प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनको वातावरण अनुगमन गर्न स्वीकृत दिन आग्रह गरेको छ । यस विषयबारे युनियनले परराष्ट्र मन्त्रालयमा जानकारी गराइसकेको छ । तर, परराष्ट्रले स्वीकृत दिने–नदिनेबारे निर्णय गरिसकेको छैन । तत्काल यसबारे निर्णय नहुने जानकारी गराएको परराष्ट्र स्रोतले जानकारी दियो । परराष्ट्रमार्फत आयोगलाई पनि प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनको वातावरण अवलोकन गर्न स्वीकृत दिन जानकारी आएको, तर त्यसबारे छलफल नभएको आयोगका एक कर्मचारीले जानकारी दिए । नयाँ पत्रिका दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved