मेलम्चीको ३० बर्षे यात्रा : किन आएन राजधानीसम्म ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 10, 2017 | 07:03:37 AM मा प्रकाशित

laxmi  sunrise bank

अन्तरिम सरकारका तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ०४७ सालमा ‘मेलम्चीको पानी ल्याएर काठमाडौंको सडक पखाल्छु’ भन्दै गरेको भाषणलाई धेरैले हाँसेर उडाए । ‘ह्युमर सेन्स’ भएका भट्टर्राइको भाषण ‘ह्युमर’ सुनिए पनि त्यसभित्र राजधानीवासीको पीडा लुकेको थियो ।

भट्टराईले आश्वासन दिएको साढे दुई दशक नाघिसक्दा पनि काकाकुल राजधानीवासीको पीडामा ‘मेलम्ची मलम’ लाग्न सकेको छैन ।

तीन दशकको मेलम्ची यात्रा
०४५ : विन्नी एन्ड पाटनर्स युकेले खानेपानी समस्या समाधानका लागि २० आयोजनाको सम्भाव्यता अध्ययन । तीमध्ये मेलम्ची पहिलो प्राथमिकतामा ।
०४७ : स्टेनले एन्ड एसोसिएसनले मेलम्चीबारे थप अध्ययन ।
०४९ : अस्ट्रेलियन कम्पनी स्मेकले गरेको अध्ययनले मेलम्चीको विकल्प नभएको ठहर ।
०५७ : ३७ अर्ब लागतमा मेलम्ची आयोजना अगाडि बढाउने घोषणा ।
०५८ : आयोजना सुरु । सक्ने लक्ष्य-०६३ को पुस १५ ।
१६ भदौ ०५८ : आयोजना स्थल प्रवेशमार्गको काम सुरु ।
२८ वैशाख ०६१ : हेनिल कोनेकोद्वारा एकलौटी रूपमा ठेक्का तोडेको घोषणा
५ फागुन ०६१ : शाही आयोग गठन । मेलम्ची आयोजनामा भएको भ्रष्टाचार विषयमा छानबिन गर्ने घोषणा ।
१३ वैशाख ०६१ : आयोजनाको प्रवेशमार्ग निर्माणमा अनियमितता भएको भन्दै शाही आयोगबाट पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा गिरफ्तार ।
१८ चैत ०६१ : दातामध्ये एक नोराडले विज्ञप्ति निकालेरै नेपालमा प्रजातन्त्र नभएकाले सहयोग फिर्ता लिएको घोषणा । नोराडपछि स्विडेन सरकारले सिडाले लगानी गरेको २५ लाख अमेरिकन डलरको सहयोग फिर्ता ।
०६३ मंसिर : काठमाडौंको खानेपानी व्यवस्थापन विषयमा भौतिक योजनामन्त्री हिसिला यमि र दाता एसियाली विकास बैंकबीच विवाद । बेलायती कम्पनी सेभर्न ट्रेन्ट वाटर इन्टरनेसनललाई व्यवस्थापनको जिम्मा दिनुपर्ने दाताको प्रस्ताव ।
०६४ जेठ : काठमाडौं उपत्यका खानेपानी लिमिटेड गठन ।
८ फागुन ०६५ : चाइना रेलवे-१५ ब्युरो गु्रप कर्पोरेसन र सिआरसिसीसँग सुरुङ खन्ने सम्झौता । समयमा काम गर्न नसकेपछि २७ भदौ ०६९ मा ठेक्का तोडियो ।
३१ असार ०७१ : ०७३ वैशाखमा पानी काठमाडौंमा वितरण गर्ने लक्ष्यसहित इटालियन को-अपेराटिभ मुरातोरी एन्ड केमेन्टेस्टी (सीएमसी) र भारतको दि—राभेनालाई सुरुङ निर्माणको जिम्मा ।
०७२ : काठमाडौंमा पानी प्रशोधन र पाइप बिछ्याउने कामको थालनी ।
०७४ : ०७५ मा आयोजना सम्पन्न गर्ने घोषणा । अन्नपूर्ण पोस्टमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved