झगडिया नेताहरू र राप्रपाको फुट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 11, 2017 | 06:48:05 AM मा प्रकाशित

laxmi  sunrise bank

 ‘पूर्वपञ्चहरूको पार्टी’ का रूपमा स्थापित राप्रपा, गाईजात्राको पूर्वसन्ध्यामा आएर फेरि फुटेपछि गाईजात्राका हास्य कलाकारहरूलाई यसमाथि कटाक्ष गर्न गहकिलो मसला मिलेको छ । ३७ मध्येका करिब ५५ प्रतिशत सांसद र ४० प्रतिशत केन्द्रीय समिति सदस्यहरू लिएर पशुपतिशमशेर राणाले २२ साउनमा ‘प्रजातान्त्रिक’ राप्रपा स्थापित गरेका छन् । यसभन्दा अघि गत १६ चैतमा यसैगरी फुटेर डा. प्रकाशचन्द्र लोहनी र केशरबहादुर विष्टले ‘राष्ट्रवादी’ विशेषणको राप्रपा स्थापित गरेका थिए ।

चाहे लोहनी हुन् वा राणा, राप्रपाका दुवै संस्थापकहरूले आपूmले मलजल गरेको पार्टी छोडेर नयाँ पार्टी स्थापित गर्नुपर्ने नौवत, निश्चय पनि रहर होइन, बाध्यताको कुरा होला । आकृति एउटै भए पनि प्रकृति फरक छ । त्यसैले पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा पानी र मट्टितेल एउटै बोतलमा राख्दा जसरी छुट्टिएर बस्छन्, त्यो परिस्थिति राप्रपामा देखिएको थियो । नेतृत्वको शैलीले नै त्यो पार्टी निकट भविष्यमा फेरि फुट्छ भन्ने देखाइरहेको थियो । यसबारेमा यो पंक्तिकारले धेरैवटा लेखहरूबाट विचार प्रस्तुत पनि ग¥यो । पार्टीका संस्थापक वा वरिष्ठ नेताले पार्टी छोडेर हिँड्नुपर्ने अवस्था, पार्टी–अध्यक्षता गर्ने सच्चा नेताको लागि त्योभन्दा ठूलो राजनीतिक कलंक अरू के हुन सक्ला र !

परम्परागत मूल्य, मान्यता र आदर्शको आधारमा स्थापित हुने पार्टीलाई ‘दक्षिणपन्थी’ भन्ने चलन छ । कथित वामपन्थी पार्टीहरू राप्रपालाई दक्षिणपन्थी पार्टी भन्ने गर्छन् । कम्युनिस्ट मान्यतामा दक्षिणपन्थी हुनु स्वयम्मा दोष वा खोट हो । कथनीका कुरा छोडौँ, गतिविधिका दृष्टिकोणमा नेपालका कम्युनिस्ट पार्टीहरू पनि उनीहरूले दक्षिणपन्थी भनेका पार्टीको स्वभाव र आचरणभन्दा कुनै मानेमा भिन्न छैनन् । तर आज भारत भनौँ वा अमेरिका, युरोपेली मुलुक भनौँ वा विकासोन्मुख मुलुक, ‘दक्षिणपन्थी पार्टीहरू’ले जनताको मत पाएर सत्ता चलाएको जगजाहेरै छ ।

नेपालमा पररम्परागत मूल्य, मान्यता र धरोहरको पक्षमा राम्रो जनमत भएको वास्तविकता २०७० को संविधानसभा निर्वाचनमा राप्रपाले पाएको समानुपातिक मतले संविधानसभामा २५ सिट हासिल गरेर चौथो ठूलो दलको रूपमा स्थापित भएकोले पनि पुूिट गर्छ । संवैधानिक राजतन्त्र, हिन्दु अधिराज्य र एकात्मक प्रजातान्त्रिक राज्यव्यवस्थाको पक्षमा राप्रपाका अडानले जनसमर्थन बढाउँदै लगेको साँचो हो । प्राप्त यो जनमतलाई गुणनात्मक विकास गर्ने सम्भावना पनि थियो । तर विगतमा राप्रपाले धेरैपटक मौकापरस्त, सत्तालोलुप र निर्दलीय चरित्रको पार्टीका रूपमा चिनारी बनाउन पुग्यो । पार्टीका आधारभूत एजेण्डाहरू राष्ट्रिय लक्षका रूपमा बहन गर्नुपर्नेमा सत्तामा जाने भ¥याङ बनाइयो ।

कमल थापाले जुन शक्तिको आडमा आजको हैसियत बनाएका थिए, आखिर उसैलाई धोका दिएर आÏनो बेइमान चरित्र प्रष्ट पारे । प्राप्त २५ सांसदको जनमत र चौथो स्थानको हैसियतलाई सत्ताको सौदाबाजी गर्ने, कुत्सित स्वार्थका तिलस्मी खेलका लागि पाएको लाइसेन्स जस्तो गर्न थालेपछि हालैको स्थानीय निर्वाचनमा राप्रपाको नेतृत्वदेखि मतदाताहरू भड्किए । पार्टी अध्यक्षमाथिको अविश्वास र सबैलाई समेट्नुपर्ने अनिवार्य जिम्मेवारी कमल थापाबाट सम्भव भएन, हुनसक्ने कुरा पनि छैन । राप्रपाका एजेण्डालाई जनताले शक्ति निर्माण गरेर लक्ष्यमा पु¥याउने आशामा मतादेश दिएका थिए । त्यसो नभएपछि राप्रपा नराम्रोसँग बढारिएको हो । नैतिकताको राजनीति गर्ने हो भने राप्रपाका तत्कालीन अध्यक्ष कमल थापाले नै पदबाट राजीनामा दिनुपथ्र्यो । तर कमल थापाबाट राजनीतिक संस्कार र सभ्यताको अपेक्षा गर्नु बिरालाको टाउकोमा सिङ खोज्ने जस्तै मूर्खता हुन्छ ।

कमल थापाको अध्यक्षतामा चलेको राप्रपाले सत्ताका लागि देखाएका फोहोरी खेललाई कोर्स करेक्सन गर्ने उद्देश्यले राप्रपा (प्रजातान्त्रिक) अगाडि आयो भने यसको औचित्य रहला । ‘कुहिएको बोक्रोका रूपमा कमल थापाको गुट’ मा आफ्नो भविष्य, राजनीतिक साख र जनविश्वासको ख्याल गर्ने व्यक्तिहरू छन् भने तिनीहरू पनि त्यहाँबाट राप्रपा (प्रजातान्त्रिक) तिरै समाहित भए भने आश्चर्य नमाने हुन्छ । दृष्टिकोण वा विचार, अठोट र बटम लाईन नभएको पार्टीमा नेता मालिक र अरू सबै स्वाभिमानहीन चारण र भाट मात्र हुनपुग्छन् । आजको युगमा कमल थापालाई जर्नेल र आपूmलाई सिपाही मानेर बस्नेहरू रहेछन् भने उनीहरूलाई देखाएर आफ्नो पार्टी जनताको सच्चा पार्टी हो भन्ने सावित गर्न राप्रपा (प्रजातान्त्रिक) ले मौका पाउँछ ।

राप्रपा (प्रजातान्त्रिक) गठन गरेका पशुपति शमशेरलगायतका नेताहरूले राप्रपाका एजेण्डाहरूलाई फगत सत्तामा जाने भ¥याङ्का खुड्किला बनाउने नियत लिएका रहेछन् भने उनीहरू कमल थापाका नयाँ अवतार मात्र हुनेछन् । होइन, २०७० को निर्वाचनपछिका ०५२ कालीन सत्तालोलुप चर्तिकलालाई नियन्त्रण गर्न हालैको स्थानीय तह निर्वाचनमा भएको जनादेशबाट शिक्षा लिएर पार्टीलाई पार्टीगत चरित्र र संस्कारमा पुनःस्थापित गर्न खोजिएको हो भने यसले सबैबाट यथोचित सहयोग पाउन सक्छ । अवसरवाद, अराजकता र सत्तालोलुपता राप्रपाभित्र हुर्किएका त्रिदोष हुन् । पार्टीभित्र दलीय भावनाको विकास होइन, प्रत्येक सदस्यका लागि निर्दलीयता नै ड्राइभिङ् फोर्सका रूपमा रहेको राप्रपाको तीतो वास्तविकता हो । यी विकृति र विसंगतिबाट पार्टीलाई मुक्त गर्न सक्दा मात्र राप्रपाका नेताहरूले ‘वैकल्पिक प्रजातान्त्रिक शक्ति’ बनाउने आफ्नो संकल्प सार्थक गर्न सक्छन् ।  राजधानीमा खबर छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved